आफ्नो श्रीमानले काबुलबाट मेरो चिन्ता नलिनू भनेको तीन दिनपछि नै मृत्युको खबर पुरा पढ्नुहोस
शुक्रबार साँझमात्र गंगा कुमारी राना (खनाल)ले अफगानिस्तानस्थित काबुलमा रहेका श्रीमान् चन्द्र बहादुर रानामगरसँग टेलिफोनमा कुरा गरेकी थिइन् । फोनमा रानाले ५ दिनसम्म दिवा सिफ्टको डिउटीमा खटिएको श्रीमती गंगालाई भनेका थिए ।
‘घरको हाल खबर बुझ्नु भयो, छोराछोरीको पढाई अनि सन्चो बिसन्चो सोध्नु भयो । सोमबार (बिस्फोटमा परेको दिन) सम्म दिवा सिफ्ट हो त्यसपछि बाहिर डिउटी खटाउँदैन भन्नु भएको थियो’, उनले सम्झिइन्, ‘ क्यानाडेली राजदुतावासमा डिउटी खटाएको छ, बाटोमा मात्र डर हुन्छ भित्र हुन्न भन्नु भएको थियो ।’
त्यो दिन चन्द्रले ‘मेरो चिन्ता नलिनु, छोराछोरीको ख्याल गर्नु’ भन्दैे श्रीमती गंगालाई अन्तिम पटक सम्झाएका थिए ।
चन्द्र बहादुरले दिवा समुहको अन्तिम डिउटी भनेको सोमबार उनको जीवनकै अन्तिम दिन बनिदियो । सेक्युरिटी गार्डको आवासदेखि क्यानेडियन राजदुतावास जान भनि हिडेको मिनि बस आत्मघाती बम हमलामा पर्दा उनीसहित १२ जना नेपाली सुरक्षा गार्ड मारिए ।
यो खबर सोमबार बिहानैदेखि नेपालभर एकाएक सनसनी बन्यो । गंगा रानाले यो खबर थाहा पाउन साथ मन काप्न थाल्यो । काबुलमा १२ जना नेपाली गार्ड आत्मघाती बिस्फोटमा मारिएकाको नाम सार्वजनिक भयो ।
जब गंगाले मृतकको नामावलीमा आफ्नो श्रीमानको समेत नाम आएको थाहा पाईन् । भक्कानिदै लडिन् । त्यस समय सम्म घरका सबै जनाले थाहा पाइसकेका थिए ।
छोरा छोरी एकातिर रुन थाले, गंगा छातीमा हात बजारदै भावविहल बनिन्। एकाएक घरमा कालो बदाल छाए जस्तो भयो । सबैको आँखामा आशु बग्न थाले वाताबरण कोलाहल बन्यो ।
नेपाल प्रहरीको हबल्दार पदबाट जागिर छाडेका ४५ बर्षिय चन्द्र बहादुर रानामगर बिगत ३ बर्ष देखी अफगानिस्तान स्थित काबुलमा सेक्युरिटि गार्डको रुपमा कार्यरत थिए । यस अघि दुई पटक चन्द्र बहादुर अफगानिस्तान गएका थिए । यो पटक काबुल गएको तीन बर्ष भएको थियो । छिट्टै नै नेपाल फर्कने सोचमा थिए चन्द्र । काठमाडौ ४ स्थित धुम्बाराईका स्थायी बासिन्दा हुन् चन्द्र बहादुर । परिवारको यती बेला रुवाबासीमै दिन बित्न थालेको छ । बुवाको मृत्युको खबरले ७ बर्षिय छोरा अनुप रानामगर ज्वरोले सिकिस्त छन् । ‘उनलाई उपचार गराउन लान पनि पाएको छैन’ भाई गंगा बहादुर रानामगरले भने ।
शव कहिले आउने हो थाहा छैन, परराष्ट्र मन्त्रालयमा गएर बुझ्ने कोसिश भइरहेको भाई गंगाले बताए । दाई अभिभावक हुनुहुन्थ्यो, यसो गर् उसो गर् भनेर सम्झाउने मान्छे नै रहेनन्,’ भावविहल हुदै गंगा बहादुरले रातोपार्टीलाई भने, ‘ भाउजु टोलाइरहनु हुन्छ, छोराछोरी चिन्तित छन् । घरको माहोल शोकमा डुबेको छ’, उनले भने । भाई गंगा बहादुरले सरकारलाई जति सक्दो चाडो शव नेपाल झिकाइदिन आग्रह गरे । सरकारले मृतक तथा घाइतेलाई नेपाल झिकाउन जहाज पठाउने तयारी गरेको खबरसँगै लाश भने पनि चाँडै आइपुग्नेमा परिवार आशावादी छन् ।
दुई परिवार भएका चन्द्र बहादुरको जेठी पट्टी एक छोरा एक छोरी छन् भने कान्छी पट्टी दुई छोरी एक छोरा छन् । गंगा कान्छी श्रीमति हुन् भने जेठी श्रीमति चन्द्रमायाँसँग भने उनको राम्रो सम्बन्ध नरहेको र उनी माइतीमै बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ ।


0 comments
Write Down Your Responses