यसरी नै पत्ता लाग्यो मनिषाको हत्यामा प्रेमी आशिषको संलग्नता एक पटक सबैले पढ्नुहोस

काठमाडौः आफ्नी प्रेमिका मनिषा घर्तिमगरको हत्यामा आफ्नो कुनै संलग्नता नभएको बयान पोलियोग्राफ टेष्टले सहि ठहराएपनि प्रहरी भने मनिषाको हत्यामा आषिको संलग्नता भएको निश्कर्षमा पुगेको छ । त्यही आधारमा आशिष विरुद्ध जिल्ला अदालत परासीमा मुद्दा दर्ता गरिएको छ । मनिषा राष्ट्रिय फूटवल खेलाडी विमल घर्तीकी बहिनी हुन् ।
 उनी गत जेठ १२ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । आषिशले दिएको सुरुवाती वयान पोलियोग्राफले समेत सहि ठहराएपनि अन्तत आषिशकै कारण मनिषाको मृत्यु भएको निश्कर्शमा प्रहरी पुग्यो । उक्त घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरिक्षक प्रकाश सापकोटा भन्छन् ‘मनिषाको मृत्युको कारण आशिष नै हो । यदी त्यसदिन आशिष त्यहाँ नगएको भए मनिषाको ज्यान जाने थिएन ।’ 
 मनिषा र आशिषबीच एकहप्ताको समयमा दुईसय १८ पटक टेलिफोन वार्ता भएको थियो । प्रहरीले गरेको कल डिटेल अध्ययनमा मनिषाले चौधरीलाई १ सय १६ पटक र चौधरीले मनिषालाई १ सय २ पटक फोन गरेको पाईएको छ । मनिषाले बोलाएर आफू उनको घरमा गएको र भनाभन हुँदा मनिषालाई कुटेको , त्यसको केहीसमय पछि सुतेर जाग्दा मनिषालाई झुण्डिएको अवस्थामा भेट्याएको वयान उनले दिएका छन् । उनीहरुबीच भएका एसएमएस र टेलिफोनको कल डिटेलका आधारमा मनिषाको मृत्युको कारण आशिष नै रहेको निश्कर्षमा प्रहरी पुगेको हो ।

, , ,

0 comments

Write Down Your Responses