बेचिन लागेका यी ६ जना युवतीहरुको उद्धार

कञ्चनपुर,४ असार । भारतको नयाँदिल्ली हुँदै दुबई जान लागेका ६ जना युवतीको महेन्द्रनगरबाट उद्धार गरिएको छ । साना हातहरु नेपाल नामक संस्थाले शुक्रबार महेन्द्रनगरको बसपार्कबाट दिल्ली हुँदै दुबई जान लागेका युवतीको उद्धार गरेको हो ।
 उद्धार गरिएका सबै ६ जना झापाको चन्द्रगढी हल्दीबारीका रहेको साना हातहरुले जनाएको छ । सोधपुछको क्रममा उनीहरु पासपोर्ट बिना नै दुबई जान भन्दै भारतको दिल्ली जान लागेको खुलेको थियो । पासपोर्ट नभई दुबई जान लागेको भनेपछि उद्धार गरिएको साना हातहरु नेपालका हेरचाह संयोजक रञ्जना सुनामले जानकारी दिइन् । काठमाडौंको बाटो बन्द भएकाले आफूहरु पश्चिमी सीमानाका गड्डाचौकी हुँदै दिल्लीबाट दुबई जान लागेको समूहकी एक युवतीले बताएकी थिइन् । 
पासपोर्ट दिल्ली बनेको र भिसा दुबईबाट आइसकेकाले दिल्ली हुँदै दुबई जान लागेको बताएपछि उनीहरुको उद्धार गरिएको हो । काठमाडौंबाट विरबहादुर लिम्बु नामका एजेण्टले दिल्लीसम्मको टिकट काटेको र भारतीय सीमावर्ती बजार बनबासामा अर्को एकजना व्यक्ति लिन आएको समूहकी अर्की युवतीले बताइन् । गएको ३ महिनामा गड्डाचौकी नाकाबाट भारत हुँदै तेस्रो मुलुक जान लागेका एक सय १७ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses