प्रेममा धोका दिएको भन्दै एक पुरुषमाथि यसरी एसिड प्रहार

इस्लामाबाद – पाकिस्तानमा एक महिलालाई पुरुषमाथि एसिड फालेको आरोपमा पक्राउ गरिएको छ । प्रहरी अधिकारीहरुका अनुसार एसिड प्रहार गर्ने मोमेल माई र पीडित सदाकत अलीबीच लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । तर सदाकल अलीले उनीसँग बिहे गर्न अस्विकार गरे । त्यसैको रिसमा उनले एसिड प्रहार गरिन् । तर मईले आफ्नो सुरक्षाका लागि एसिड प्रहार गर्नुपरेको दाबी गरेकी छिन् । एसिड प्रहारबाट घाइते भएका अलीको शरीरका ५० प्रतिशत भाग डढेका छन् ।
 उनको मुल्तानस्थित एक अस्पतालमा उपचार भइरहेको छ । पाकिस्तानमा प्रत्येक वर्ष सयौँ एसिड आक्रमणका घटनाहरु घट्छन् । तर पूरुषमाथि महिलाले एसिड प्रहार गरेका घटना भने दुर्लभ रुपमा सुनिन्छन् । आक्रमणकारी माइले अलीमाथि बिहिबार बिहान एसिड फालेको बताइएको छ । आक्रमणका बेला माइकै अपार्टमेन्टमा रहेको बाथरुममा पिडित सदाकल नुहाउँदै थिए । 
माइले एसिड फाल्दा सदाकलकोे शरीरका पछाडीका भागमा मात्रै लागेकाले उनको अनुहारमा भने क्षति पुगेको छैन् । प्रहरीका अनुसार अली र माइ दुबै विवाहित हुन् । तर उनीहरु पछिल्ला धेरै वर्षदेखि सम्बन्धमा थिए । माइले आफ्ना श्रीमान्सँग सम्बन्ध विच्छेद गर्दै अलीसँग बिहे गर्न चाहेकी थिइन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार एसिड आक्रमणमा प्राय ८० प्रतिशतजसो महिलाहरु पिडित हुन्छन् । दक्षिण एशियामा सहजै रुपमा एसिडको बिक्री वितरण हुने गरेको छ । सम्बन्धित समाचार 

, , ,

0 comments

Write Down Your Responses