यस्तो आँधीबेहरीबाट एघारको मृत्यु हेर्नुस भिडियो सहित

नयाँ दिल्ली, भारतको पूर्वी राज्य बिहारमा आँधीबेहरीबाट कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आँधीको सो प्रकोपबाट मजफरपुरमा पाँचजना र पटना र सिवान जिल्लामा ६ जनाको मृत्यु भएको बताइएको छ ।
 मुसलधारे वर्षाको कारण सिवान र मैर्वाबीचको रेल मार्गसमेत केही समयको लागि बन्द भएको बताइएको छ । भारतमा गत हप्ताबाट नै वर्षाको मौसम सुरु भएको छ । भारतीय जलवायु विभागका अनुसार बिहारमा सो मनसुनी वर्षा आगमी जुन २० बाट मात्र सुरु हुनुपर्ने थियो । 
 भारतको बार्षिक ८० प्रतिशत मनसुनी वर्षा जुनबाट सुरु भएर सेप्टेम्बरको अन्त्यसम्म रहने गरेको पाइन्छ । गत महिना उत्तरी भारतीय राज्य उत्तर प्रदेश र उत्तराखण्डमा आँधीबेहरी र मुसलधारे वर्षाबाट ५० व्यक्तिको मृत्यु भएको थियो । रासस÷एपी

, ,

0 comments

Write Down Your Responses