यी नै हुन अवैध यौन सम्बन्धका कारणले गर्दा प्रतिबन्धमा परेकी हिरोइन हेर्नुस फोटोफिचर सहित

मुम्बई । कलाकारको यौन स्क्याण्डलले बेला बेला बलिउड बजार तातिरहेको हुन्छ । यसैक्रममा अभिनेत्री निकिता ठकरालको यौन स्क्याण्डले पनि बलिउडमा तहल्का पिटेको छ । उनलाई कारवाहीसम्म भएको थियो । एक अभिनेतासँग अवैध यौन सम्बन्ध राखेको भन्दै फिल्म उद्योगमा तीन वर्ष प्रतिबन्धमा परेकी निकिताले बलिउड फिल्म ‘ट्रैफिक’मा मूख्य भुमिका निभाएकी थिइन् ।
 यो भन्दा पहिला उनले तमिल, तेलुगु, मलयालम र कन्नड भाषाका फिल्ममा काम गरेकी थिइन् । र आज पनि उनी साउथ इण्डियाकी फेमश अभिनेत्री छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार सन् २०११ मा निकितामाथि कन्नड कलाकार टी दर्शनसँग अवैध यौनसम्बन्ध राखेको अभियोग लागेको थियो । यो आरोप दर्शनकी पत्नी विजय लक्ष्मीले लगाएकी थिइन् । 
निकितासँग नजिकिएपछि दर्शनले लक्ष्मीलाई कुटपिट समेत गरेका थिए । यही कारण लक्ष्मीले आफ्ना पति दर्शनविरुद्ध घरेलु हिंसा मुद्दा दर्ता गरिन् । र प्रहरीले तुरुन्तै दर्शनलाई पक्राउ गर्यो । यद्यपी पछि कुरा मिलाएर लक्ष्मीले मुद्दा फिर्ता लिइन् । र दर्शन रिहा भए ।
 तर, अवैध सम्बन्धको आरोप निकिताका लागि घाटीमा अड्किएको हाडजस्तै सावित भयो । कन्नड फिल्म प्रोड्युसर्स एसोसियशनले १० सेप्टेम्बर २०११ देखि तीन वर्षसम्मका लागि फिल्म उद्योगबाटै उनलाई प्रतिबन्ध लगायो ।

, , ,

0 comments

Write Down Your Responses