मनिषाको हत्यामा प्रेमीनै संलग्न भएको यस्तो ठहर जन्मकैदको माग गर्दै मुद्दा हेर्नुहोस भिडियो सहित

नवलपरासी, ६ असार । राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको हत्या नै भएको प्रहरीले निष्कर्ष निकालेको छ । जेठ १२ गते राति आमा घरमा नभएको अवस्था मनिषाको नवलपरासीस्थित घरमै हत्या भएको थियो । जेठ १३ गते विहान आमा घर फर्किदा छोरी मृत अवस्थामा फेला परेकी थिइन् । मनिषा मृत फेला परेलगत्तै प्रहरीले उनका प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । दैनिक नेपालमा खबर छ । 
झण्डै तीन हप्ता लामो अनुसन्धानपछि घटनास्थलमा फेला पारेको प्रमाण र सोधपुछ तथा छानविनको आधारमा प्रहरीले मनिषाको हत्या नै भएको निष्कर्ष निकालेको हो । नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले सम्पूर्ण अनुसन्धानले मनिषाको हत्या भएको देखाएको बताए । उनले भने– ‘घटनासँग सम्बन्धि सबै अनुसन्धान र प्रमाणले मनिषाले आत्महत्या गरेको देखाउँदैन् । उनको हत्या नै भएको हो ।’ को हुन् दोषी ? जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसन्धान अधिकृत इन्सपेक्टर प्रकाश सापकोटाले मनिषाको हत्या उनकै प्रेमी आशिषले गरेको बताए । ‘मनिषाको हत्या आशिषले गरेको अनुसन्धानले देखाएको छ । 
अनुसन्धान सकिएपछि हामीले घटनाको मिसिल सरकारी वकिल कार्यालयमा बुझाइसकेका छौं । आशिषविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर हुन्छ ।’ इन्सपेक्टर सापकोटाले आशिषले नै मनिषाको हत्या गरेको थुप्रै प्रमाणहरु फेला परेको र त्यसलाई अदालतमा जस्ताको तस्तै पेश गरिने जानकारी दिए । जन्मकैदको माग गर्दै मुद्दा मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा सोमबार मुद्दा दर्ता गरेको छ । सरकारी वकिल रुद्र पन्थीले परिस्थितिजन्य प्रमाणका आधारमा प्रतिवादीमाथि मुद्दा दर्ता गरिएको बताउनुभयो । कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको हो । अदालतले थुनछेकको बहस गरेर प्रतिवादीको बयान लिने र पछि मुद्दा फैसला गर्ने पन्थीले बताउनुभयो ।

, , , ,

0 comments

Write Down Your Responses