विमानस्थल परिसरमा दुधे बालक च्याप्दै रुनेदेखि यसरी बाकसलाई अँगालो हाल्दै टाउको ठोक्याउनेसम्म हेर्नुस भिडियो सहित

काठमाडौं–अफगानिस्तानको राजधानी काबुलमा मारिएका १२ नेपालीको शव बुधबार काठमाडौं ल्याउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा सबैका आँखा रसाएका थिए ।
१२ नेपालीको शव बुझ्न प्रधानमन्त्री, मन्त्री, परिवारका सदस्य र उल्लेख्य सर्वसाधरण विमानस्थल पुग्दा सबैको गला अबरुद्ध बन्यो ।भावुक मुडमा देखिएका प्रधानमन्त्री केपी ओलीले मृतकहरुप्रति श्रद्वाञ्जली दिँदा केहि मृतकका आफन्त शव भएका बाकसलाई अँगालो हाल्दै टाउको ठोक्याउँदै रोइरहेका थिए ।
 विमानस्थल परिसरमा कोही कसैसँग बोल्न सकिरहेका थिएनन् ।मृतकमध्येका जीतेन्द्र थापाकी रुीमति सञ्जिता काखमा दुधे बालक च्याप्दै रोइरहेकी थिइन् नेपाली सेनाका सिपाहीहरु हातमा फुलमाला लिई शव ल्याएको बाकस हेर्दै टोलाइरहेका थिए ।

, ,

0 comments

Write Down Your Responses