साथीको शव संगै लिएर फर्कनेहरु यसरी भन्छन तालिवानहरुले फेरि आक्रमण गर्ने थ्रेट दिएको छ अब कहिल्यै जाँदैनौं

उनका अनुसार साव्री कम्पनीमा १७५ नेपालीहरु सेक्युरीटी गार्डको रुपमा कार्यरत थिए । ‘गएको सोमबार हाम्रा २१ जना साथीहरु तालिवानी आक्रमणमा परे’ तामाङ भन्छन्, ‘हामी २४ जना फर्किएका छौं अझै ९० जना नेपालीहरु त्यो कम्पनीमा कार्यरत छन् ।’ २०११ देखि अफागानिस्तान गएका तामाङ नेपालमै छुट्टि मनाएर दुई महिनाअघी मात्र त्यहाँ पुगेका थिए । 
‘तालिवानले २७ तारिखमा फेरि आक्रमण गर्ने थ्रेट दिएको छ’ उनी भन्छन्, ‘बाँचेर आयौं अब फेरि जाने रहर छैन ।’ अफगानिस्तानमा गएर काम गर्दा रिस्क हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि आईसी जस्ता धेरै युवाहरु त्यहाँ पुगेका थिए । ‘रिस्क हुन्छ भन्ने थाहा थियो’ उनी भन्छन्, ‘तर पनि नेपालीलाई केही गर्दैनन् होला भन्ने लागेको थियो ।’ मृतकहरुको शव लिन पुगेको नेपाल वायुसेवा निगमको जहाजमा बुधवार नुवाकोटकै रत्नबहादुर तामाङ पनि त्रिभुवन विमानस्थल ओर्लिए ।
 ‘बाँचेर आईयो, अब फेरी अफगानिस्तान जान्न,’ उनले भने, ‘सँगै काम गर्ने कान्छो वुबाको छोरो डम्बरले ज्यान गुमायो ।’ उनको काकाको छोरा डम्बर नेपाल प्रहरीबाट उपदान लिएर अफगानिस्तान पुगेका थिए । सँगै काम गर्ने १२ जना साथीहरु गुमाएर फर्केका रत्न अब त्यहाँ रहेका नेपालहीहरुलाई भन्न चाहन्छन्, ‘त्यहाँ जत्तिबेला जे पनि हुनसक्छ, बरु आफ्नै देश फर्कनुस् ।’ ईटहरीका बीर बहादुर खत्रीले विमानस्थल ओर्लिएपछि शान्तिको श्वास लिए । ‘
ज्यान भन्दा ठुलो कुरा केही छैन’ वीर बहादुर भन्छन्, ‘त्यसैले तलब छाडेर आयौं ।’ बीर बहादुरका अनुसार साब्री ईन्टरनेशनलमा कार्यरत अन्य ९० जना नेपालीहरु फर्कन चाहन्छन् । ‘अरु नेपालीहरु ड्युटीमा थिए, त्यसैले जहाज छुट्यो’ उनले भने, ‘अब फेरी कावुल जान चाहन्न ।
’ को–को फर्किए कावुलबाट ? (सूची) काठमाडौं : नवराज खड्गी, चमकसिंह राई नुवाकोट : आइसिंह तामाङ, विक्रमप्रसाद तामाङ, रत्नबहादुर तामाङ, पूर्णबहादुर गुरुङ, रौत तामाङ, प्रेम तामाङ, ईन्द्र तामाङ, सुप तामाङ, लालबहादुर तामाङ गोरखा : दुर्गा लामा प्युठान: विक्रम विष्ट काभ्रे : श्याम तामाङ कास्की : मणिराम खनाल, भगवान बञ्जारा, बेलप्रसाद गुरुङ, पूर्णबहादुर गुरुङ, खेमबहादुर गुरुङ पाल्पा : मानबहादुर थापा तनहुँ : केयरसिंह राना मोरङ : खुसीलाल धिमाल सुनसरी : वीरबहादुर खत्री चितवन : सत्यनारायण श्रेष्ठ

, , ,

0 comments

Write Down Your Responses