फेरी आयो खुसीको खबर चीनले स्वीकार्यो प्रधानमन्त्रीको यस्तो प्रस्ताव तातोपानी नाका खुल्न तयार पुरा पढ्नुहोस
चीनबाट सामान आयात हुने यो प्रमुख नाका खुलाउन अनेक विकल्प र प्रयास भए पनि सफल हुन सकेको छैन ।
अघिल्ला र वर्तमान प्रधानमन्त्रीदेखि अन्य राजनीतिक स्तरमा समेत नाका सञ्चालनमा ल्याउन चीनलाई पटक-पटक आग्रह गरिए पनि नाका खोल्ने विषय अघि बढ्न सकेको थिएन ।तातोपानी नाका खुलाउन चीनलाई विकल्प दिन बनेको समितिले पूर्ववत् अवस्थामा सम्भव नभए सीएफएस प्रणालीबाट भए पनि नाका सञ्चालन गर्ने सुझाव दिएपछि त्यसको तयारी अघि बढेको हो ।
समितिले सोमबार परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासलाई बुझाएको प्रतिवेदनलाई चीनले सकारात्मक लिएपछि खुल्ने संकेत देखिएको हो ।
चीनले सोही प्रक्रियाबाट खोल्ने र जनताको आवागमन कम गर्ने विधि सुझाउँदै आएको परराष्ट्र अधिकारीले बताए । प्रतिवेदनअघि नै चीनसँग समेत अनौपचारिक छलफल भएको थियो ।
पूर्ववत् अवस्थामा सञ्चालन ल्याउने तर तत्कालका लागि सीएफएस (कन्टेनर फ्रेड स्टेसन) मार्फत भए पनि काम अघि बढाउने भनिएको छ । उत्तर-पूर्व एसियाली महाशाखा प्रमुख झविन्द्र अर्यालको नेतृत्वमा बनेको टोलीले लामो छलफलपछि सीएफएस विधिबाट भए पनि नाका खोल्न सुझाव दिएको हो ।
सामान बोक्ने कन्टेनरहरू एकै स्थानमा जम्मा गरेर सामान राखेपछि सिल गरेर पठाइने विधिलाई सीएफएस भनिन्छ । दुवै मुलुकका सीमामा भन्सार अधिकारीहरूले रहेर यसको सिल गर्ने र त्यो सिलका आधारमा सामान ल्याउने तथ्य तय गरिनेछ । परराष्ट्र मन्त्रालयका सहसचिव अर्यालको संयोजकत्वमा गृह, कानुन, वाणिज्य भन्सारका सहसचिवहरू सहभागी भएर स्थानीयदेखि मन्त्रालयका अन्य अनुभवीसँग पनि छलफल गरेर त्यस्तो प्रतिवेदन बनेको हो ।
नेपाली व्यापारीलाई सीमामा नै विविध सुविधा उपलब्ध गराउने बताउँदै आएको चीनले त्यो प्रणालीबाट सामान पठाउँदा समस्या नहुने अधिकारीहरूले बताए ।
भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले पनि सीएफएस विधिबाट भए पनि सञ्चालनमा ल्याउनुपर्ने र विस्तारै पूर्ववत् अवस्थामा फर्काउन सकिने बताए ।
उनले भने, ‘विभिन्न स्तरमा छलफल भइरहेको छ, कुनै न कुनै रूपमा नाका खुलाउन आवश्यक छ ।’
चीनको गोन्जाओ तथा अन्य सहरबाट सामान आयात गर्दै आएका नेपालीलाई तिब्बत सीमाबाट नै सुविधा दिने बताउँदै आएको तिब्बत सरकारले पनि यसमा काम गरिरहेको अधिकारीहरूले बताए । तिब्बत सरकारले सीमावर्ती क्षेत्रमा आर्थिक हव बनाएर सेवा दिने बताइरहेको अवस्थामा कार्यदलले यस्तो विकल्पसहितको सुझाव दिएको हो । यसको तयारीका लागि जिल्ला प्रशासक प्रमुखस्तरको दुईपक्षीय बैठकसमेत बस्ने तयारी छ ।
तिब्बतका सरकार प्रमुख लोसाङ ज्यानछुङलाई चीनको केन्द्रबाट नै त्यो सीमा खुलाउने दबाब परेको छ । नेपालीहरूको बृहत् अनुरोधपछि चीनतर्फबाट सकारात्मक संकेत मिलेको हो । चीनले यतिबेला सबै ध्यान केरुङ नाकामा केन्द्रित गरेको छ । सीमामा ‘आर्थिक सहकार्य क्षेत्र (इकोनोमिक कोअपरेसन जोन) र सीमापार आर्थिक क्षेत्र (क्रसबोर्डर इकोनोमिक जोन) को तयारीमा तिब्बत रहको जानकारी सरकार प्रमुख लोसाङले यसअघि नै दिएका थिए ।
केरुङसम्म आगामी पाँच वर्षमा रेल सेवा नै ल्याउन जुटेको तिब्बत सरकारले खासालाई ऐतिहासिक रूपमै उपयोग गर्ने गरी नयाँ ढंगले विस्तार गर्न लागेको थियो । तर, नेपालले तातोपानी नाकालाई बढी नै जोड दिएपछि चीन त्यसमा सकारात्मक बनेको हो । अहिले रहेको भन्सारभन्दा केही टाढा त्यस्तो चेकपोस्ट राख्ने, व्यक्ति आउजाउलाई बन्द गरेर सेवा दिने तयारी गरेको हो । यसमा स्थानीयलाई भने रोकावट नहुने बताइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।


0 comments
Write Down Your Responses