पहिले आफूलाई नमस्कार गर्नेलाई किन पछि फर्कीफर्की उल्टै हात जोडे त ओलीले ? यस्तो रहेछ खास कहानी पुरा पढ्नुस हेर्नुस

काठमाण्डु ३० जेठ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा सभामा भट्टराईले फान नै गरेर बोलाएपछि प्रधानमन्त्री केपी शर्मा ओली ढिलै भएपनि दशरथ रंगशाला पुगे । उनी कार्यक्रमस्थल पुगेको केही समयपछि नै बोल्ने पाले आयो ।
 ओलीले केही समय आफ्नो मन्तव्य राखेर फर्कने क्रममा मञ्च अगाडी अघिल्लो पंतिमा बसेका सबै अतिथीको अभिवादन स्वकिार्दै गर्दै हात मिलाउन थाले । त्यत्तिकैमा सेतो खैरो रंगको दौरा, सुलवाल र ढाकाटोपी लगाएका एक बृद्धले उनलाई नमस्कार गर्दै आफ्नो हात मिलाए । हात मिलाएर ओलीले केही पाइला मात्र के अघि सारेका थिए उनी बाबुराम उनी नजिकै आइपुगे र ती बृद्धको परिचय गराउन थाले । 
बाबुरामले परिचय गराएपछि ओलीले उनलाई नमस्कार गरे र पुनः हात मिलाए । केही समयअघि ओलीलाई नमस्कार गर्दै बृद्धले हात अघि बढाएका थिए भने त्यसकै केही सेकेण्डमा बाबुरामले परिचय दिएका ओलीले नमस्कार गर्दै हात अघि बढाए । 
बास्तवमा ति बृद्ध अरु कोही नभएर बाबुराम भट्टराईका बुबा भोजराज भट्टराई थिए । सुरुमा बाबुरामसँगै बसेका भोजराज राजनीतिक दलका नेतालाई स्थान छाडिदिँदै परपर सेका थिए । ओली आउँदा उनी अघिल्लो पंक्तिमा बाबुराम भन्दा केही स्टेप पर बसेका थिए । सम्बोधनमा समेत बाबुरामले आट्टना बुबालाई संकेत गर्दै उहाँको अगाडि आफू एउटा नयाँ जिम्मेवारी बोकेर अघि बढेको बताएका थिए ।

, ,

0 comments

Write Down Your Responses