चोक्कटा खाना गएकी बुडी झोल्मा डुबेर मरी भने झै रामेछापमा पनि वन तरुल खन्दा ढुंगाले किचेर एक महिलाको मृत्यु

२४ जेठ, रामेछाप । रामेछापको पि्रती गाविसमा वन तरुल खन्दा माथीबाट खसेको ढुङ्गाले किचेर एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ वन तरुल खन्ने क्रममा प्रिती गाविस ९ की ४२ वषिर्या देवकुमारी कार्कीको टाउँकोमा माथिबाट खसेको ढुंगाले लागेको थियो ।
 दिउँसो खानेपानीको ट्याङ्की निर्माणको काम गरेर घर र्फकने क्रममा बाटोमा पर्ने देवीथानको जंगलमा वन तरुल खन्ने क्रममा उनलाई माथिबाट झरेको ढुङ्गाले किचेको थियो । 
 राति अवेरसम्म पनि घर नफर्किएपछि खोजीगर्न जाँदा उनलाई मृतअवस्थामा भेटिएको स्थानीय मानबहादुर खत्रीले बताए । घटनास्थलमा उनले खनेको वन तरुल समेत फेला परेको उनले जानकारी दिए । उनको शवलाई राति घटनास्थलबाट निकालिएको थियो ।

, , ,

0 comments

Write Down Your Responses