धादिङमा ६ घरका १९ जना पहिरोको बीचमा फसे सेनाको हेलिकोप्टरलाई मौसमले साथ दिएन हेर्नुस भिडियो सहित

धादिङ, असार १६ । वर्षासँगै चारैतिरबाट आएको पहिरोका कारण धादिङको दुर्गम रि गाविस–९ चेप्राङमा ६ घरका १९ जना पहिरोको बीचमा फसेका छन् । पहिरोका कारण आसपासका बस्तीसमेत जोखिममा परेको प्रहरीले जनाएको छ । 
 भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका उनीहरु पहिरो गएपछि बुधबार राति ११ बजे भागेर नजिकैको खुल्ला स्थानमा बसिरहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । विहीबार घटनास्थलको निरीक्षण र पहिरोको बीचमा परेकाहरुको उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टरसमेत खराब मौसमका कारण धादिङबेसी फर्किएको छ ।
 मोटर चल्ने बाटोसमेत नभएकाले सुरक्षाकर्मी पैदलसमेत जानसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । रि गाउँ सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल दूरीमा रहेको छ ।

, ,

0 comments

Write Down Your Responses