विशेष अदालत पुगेरै कर्मचारीलाई थर्काएपछी गुण्डा नाइके दीपक मनाङे राता-रात पक्राउ पुरा पढ्नुहोस

काठमाडौं । गुण्डा नाइके दीपक मनाङेसहित उनको समुहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुण्डागर्दीको उजुरीको आधारमा मनाङेको समुहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहले जानकारी दिए । 
सम्पत्ती सुद्धीकरण मुद्दा खेपिरहेका मनाङेले केहि दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहिबार राती उनीहरुलाई पक्राउ गरेको हो । 
 उपत्यकामा सक्रिय अन्य गुण्डा नाइकेहरुलाई पनि निगरानीमा राखिएको एसएसपी थापाले बताए । बिहीबार बेलुका प्रहरीले अन्य गुन्डा नाइकेको अखडामा पनि छापा हानेको थियो । गत साता मात्र प्रहरीले गुन्डागर्दीको आरोपमा बाफलका जसवन्त राईलाई गोली हानी पक्राउ गरेको थियो ।

, ,

0 comments

Write Down Your Responses