हेर्नुस अचम्मै दुबै हात खुट्टा नभएपनि सपनाको राजकुमारी पाएपछि निकै खुसी छन यी व्यक्त्ति हेर्नुस भिडियो सहित
एजेन्सी । हात र खुट्टा बिनाको जीवन कस्तो हुन्छ होला ? हामी हाम्रो जीवनमा यस्तो कल्पना गर्न पनि सक्दैनौ । हात वा खुट्टा बिना हामी कुनै काम नै सम्भव छैन जस्तो सोच्छौं ।
तर निक युजिकिक अहिले हजारौं मानिसको प्रेरणा बनेका छन् । उनले आफ्नो शरीरमा कहिल्यै पनि हात र खुट्टाको महसुस गर्न नै पाएका छैनन् । उनी जन्मजात नै यस्तै हुन् ।
अष्ट्रेलियामा जन्मिएका निक जन्मिदा नै एक रोगको सिकार भएका थिए । उनी अहिले ३२ वर्षका भए । उनको एक श्रीमती र २ छोरा छन् ।निकलाई आफ्नो सपनाको राजकुमारी मिलेको छ । कायने मियाहारालाई जब पहिलो पटक उनले भेटे उनलाई पहिलो नजरमै प्रेम भएको थियो । कायने पनि निकलाई भेट्नुभन्दा अगाडी अरुकसैसँग डेट गरिरहेकि थिइन् ।तर निकलाई भेटेपछि उनको पनि प्रतिक्षा सकिएको थियो । उनीहरु एक अर्कालाई निकै माया गर्छन् र धेरै खुसी छन् ।
निकले कायनेलाई विवाहको प्रस्ताव राखेका थिए ।उनले मुखमा औंठी राखेर विहेको प्रस्ताव गर्ने वित्तिकै कायनेले हुन्छ भनेकि थिइन् ।सबैलाई यी जोडी अन्र्तरंग काम कसरी गर्छन होला भन्ने जिज्ञासा लाग्न सक्छ । तर उनीहरुलाई कुनै अप्ठेरो नहुने बताउँछन् । उनीहरुको अहिले दुइ छोरा छन् ।अहिले उनीहरु अमेरीकामा बस्छन् । कायने घरव्यवहार चलाउने गर्छिन । निक भने प्रेरणात्मक भाषण दिन्छन् ।उनले आफ्नै एउटा किताब पनि लेखेका छन् । निकको उत्साह, प्रेरणा र प्रेमको चर्चा अहिले चारैतिर भइरहेको छ ।उनी अहिले एउटा एनजीओ ‘लाइफ विदऑउट लिंब्स’ चलाएर बसेका छन् ।

0 comments
Write Down Your Responses