लोन तिर्ने बिषयमा आनाकानी गरेपछि दलित महिलालाई यसरी तातो आइरनले डामियो हेर्नुस फोटोफिचर सहित

इटहरी – मोरङको सुन्दर दुलारी नगरपालिका ७ मा एक दलित महिला माथि आईरनले डामेर शक्त घाइते भएकी छिन् । आमा समुहको छलफलमा स्थानिय मन्दिरा गुरुङ र रन्जना गुरुङले “त दलित” भन्दै ३५ बर्षीया प्रमिला बिकलाई कुटपिट गदै तातो आइरनले डामेका हुन् ।
 गत २५ गते उत्साह आमा समूहमा लोन प्रबाह गर्ने बिषयबाट भएको थियो । प्रमिला बिक आमा समुहको अध्यक्ष रहेको र मन्दिरा गुरुङ कोषाध्यक्ष रहेको समुहमा गुरुङले लोन तिर्ने बिषयमा आनाकानी गरेपछि दुवै बिच विवाद शुरु भएको थियो । त्यस क्रममा बिक र गुरुङबीच समूहमै सामान्य कुटाकुट भएको थियो ।पछि फेरी मन्दिरा गुरुङले इटहरी बस्ने बहिनी रन्जना गुरुङलाई बोलाएर स्थिानिय सागर परियालको घरमा प्रमिला बिक माथि कुटपिट गरेका थिए । त्यस क्रममा गुरुङले तातो आइरनले बिकको पाखुरामा ठामी दिएकी थिइन । साथै बाँसको भाटा प्रहारबाट बिकको मेरुडण्डको एक भाग भाँचिएको छ । ‘त दलित !’ भन्दै रन्जनाले बिक माथि धेरै समय सम्म कुटपिट गरेको छोरा साइमन बिकले जानकारी दिए ।
 ‘आमालाई बाँसको भाटा र चिर्पटले हानिरहे, छुट्टाउने कोही भएन तातिरहेको आइरनले पाखुरामा पनि डामिदिए,’ साइमनले भने । आमालाई दलित भन्दै धेरै नराम्रो गाली गदै कुटपिट गरे । बिकको स्थानीय उपचार केन्द्रमा उपचार भएपनि मेरुडण्ड भाँचिएको थाहा भएपछि बिराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । बिकको आँखाको बायाँ भाग, पाखुरा र मेरुदण्डमा गहिरो चोट छ । कुटपीटमा संलग्न रन्जना गुरुङ, मन्दिरा गुरुङ र स्थानिय माया राईको नाममा किटानी जाहेरी दिँदा समेत इलाका प्रहरी कार्यालय बेलबारी मोरङले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन ।
 ‘घटना भएको दिन किटानी जाहेरी दिएका हौं, तर प्रहरीले कुटपिटमा संलग्न कसैलाई पक्राउ गरेको छैन,’ छोरा साइमनले भने, ‘दोषी प्रहरी कार्यालयमा खुलेआम आउँछन्, जान्छन् ।’ ‘इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले घटना सामान्य भएको बताउदै छलफलबाट निकास निकाल्ने बताए । हामीले आइतबार दोस्रो पटक दुवै पक्षलाई छलफलमा बोलाएका छौ थापाले भने,’ पिडितको उपचार भइरहेको छ । पिडित बिक परिवारले इप्रका बेलबारीबाट घटनाको बिषयमा चासो नदेखाएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा समेत निवेदन दिएको बताए ।

, , ,

0 comments

Write Down Your Responses