अर्घाखाँचीमा यसरी भेटियो संसारकै सबै भन्दा सानो अण्डा गिनिज बुकमा लेखाउने तयारी पुरा पढ्नुहोस
२४ जेठ, सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले सन्सारकै सबैभन्दा सानो अन्डा पारेको छ । सानो अन्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ ।
सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेकोभन्दा सानो अन्डा आफ्नो कुखुराले पारेको दाबी गरेका छन्। उनले गिनिज बुकमा रेकर्ड राख्ने प्रक्रिया सुरु गरिसकेको पनि बताएका छन्।
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अहिलेसम्म अन्डाको नाप २.१ सेन्टिमिटर रहेको छ । सन्धिखर्कस्थित शान्ति बगैँचाका हरिले आफ्नो कुखुराले उक्त नापभन्दा सानो अन्डा पारेको बताए। उनको कुखुराले पारेको अन्डाको नाप १.८५ सेन्टिमिटर रहेको छ । हरिले जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीमार्फत गिनिज बुकमा रेकर्डका लागि पहल थालेको बताए।
लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनलाई प्रमाणीकरण र गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ताका लागि पहल गर्न पत्र पठाइसकिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. रामनारायण मण्डलले बताए ।


0 comments
Write Down Your Responses