खाडी मुलुक जानुअघि होसियार बन्नुस है ५८ कम्पनी यसरी कालोसूचीमा दर्ता पुरा जानकारीको लागि तल क्लिक गरेर हेर्नुहोस

काठमाडौं, २८ जेठ । सरकारले नेपाली कामदारमाथि शोषण गरेको भन्दै खाडीमुलुक र मलेसियाका ५८ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ । कामदारलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने र अलपत्र पार्ने काममा संलग्न रहेको पाइएपछि यी कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
 कालोसूचीमा परेका कम्पनीमा नेपालका म्यानपावर एजेन्सीले कामदार पठाउन पाउने छैनन् । यी कम्पनीका लासग म्यानपावर एजेन्सीले मागपत्र ल्याए पनि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिँदैन । कालो सूचीमा पर्नेमा साउदी अरेबिया, कतार, युएई र मलेसियाका कम्पनीहरु छन् । कालोसूचीमा पर्नेमा सवैभन्दा बढी मलेसियाका ५२ कम्पनी छन् भने युएईको १, कतारका २ र साउदी अरेबियाका ३ कम्पनी छन्। स्रोत दैनिक नेपाल .कम

, ,

0 comments

Write Down Your Responses