बिहानै मर्निङवाक गएका एक हिन्दू पुजारीको घाँटी रेटेर यसरी हत्या पुरा पढ्नुहोस

ढाकाः बङ्गलादेशमा एक हप्तामा दुई हिन्दू पुजारीको हत्या भएको छ । पछिल्लो समयमा यहाँ रहेका अल्पसङ्ख्यक हिन्दू धर्मावलम्बीको हत्याको शृंखलामा व्यापक मात्रामा बृद्धि भएको हो । शुक्रबारमात्र पनि एकजना हिन्दू धर्मका पुजारीको हत्या भएको छ । शुक्रबार बङ्गलादेशमा हिन्दू धर्मका मठ मन्दिरमा पाठपूजाको कामगर्ने पुजारीको हत्या भएको हो ।
 अज्ञात व्यक्तिको एक समूहले ६२ वर्षीय पुजारी नित्यरन्जन पाण्डेको शुक्रबार बिहान हत्या गरेका हुन् । उत्तरपश्चिमी बङ्गलादेशको पबना जिल्लामा आफ्नै घर नजिकै उनको हत्या गरिएको हो । पुजारी मधुमेहका रोगी समेत भएको समाचारमा उल्लेख छ । मधुमेह पीडित पुजारी हरेक बिहान घर वरिपरिको क्षेत्रमा हिँड्ने गर्थे । शुक्रबार पनि एका बिहानैको हिँडाइका लागि निस्किएका उनको हत्या भएको प्रहरीले बताएको छ । बिहानको हिडाइमा रहेका उनलाई आक्रमणकारीले धारिलो हतियारले घाँटी छिनाएर हत्या गरेका थिए । अहिलेसम्म पनि उनको हत्याको जिम्मेवारी कसैले पनि लिएको छैन । तर यस हत्यामा मुस्लिम अतिवादीको हात रहेको प्रहरीलको अनुमान छ ।
 बङ्गलादेशमा क्रिश्चियन र हिन्दू धर्मका अल्पसङ्ख्यक नागरिकको हत्याको शृंखला पछिल्लो समयमा बढ्दो मात्रामा रहेको छ । उक्त हत्याहरुमा मुस्लिम अतिवादी सङ्गठनका विद्रोहीको सम्लग्नता रहेको पनि प्रहरीले जनाएको छ । मङ्गलबार मात्र पनि अर्का एकजना हिन्दू पुजारी यसैगरी मारिएका थिए । पश्चिमी बङ्गलादेशमा गएको मङ्गलबार मात्र हिन्दू धर्मका पुजारी मारिएको खबरमा जनाइएको थियो । अज्ञात आक्रमणकारीले ७० वर्षका ती हिन्दू पुजारीको हत्या गरेका हुन् । बङ्गलादेशमा अल्पसङ्ख्यक धार्मिक व्यक्तिको हत्या गर्ने क्रममा उनी पनि शिकार बन्नु परेको प्रहरीले जानकारी दिएको छ । हत्या भएका पुजारी आनन्द गोपाल गंगुली थिए । उनलाई आफ्नो घर बङ्गलादेशको जेनिदाह जिल्लाको नोलदांगामा हत्या गरी नजिकैको खेतमा फालिएको बताइएको छ । यसरी मारिनेमा यसअघि पनि बङ्गलादेशमा बसोबास गरिरहेका विभिन्न धर्मका व्यक्ति परेका थिए । 
पछिल्लो समयमा यहाँ मुस्लिम अतिवादीहरुले यसरी फरक धर्मका व्यक्तिको हत्या गर्ने गरेका छन् । यता प्रहरीले पनि यसरी अल्पसङ्ख्यक धार्मिक व्यक्तिमाथि गर्ने गरेका हत्यामा सम्लग्नहरुको खोजी र उनीहरुमाथि कडा कारबाहीलाई जारी नै राखेको छ । प्रहरीले गत वर्ष मात्र बङ्गलादेशमा रहेको एक क्रिश्चियन चर्चमा हमला गर्ने एकजना मुस्लिम अतिवादी व्यक्ति प्रहरीको कारबाहीका क्रममा मारिएको बताएको थियो । आफ्नो भूमिगत नाम कावसर राखेको उक्त व्यक्ति बुधबार बिहान अकस्मात भेटिएको र उनले प्रहरीमाथि गोली प्रहार गरेको जनाइएको थियो । त्यसको विरुद्ध प्रहरीले गरेको जवाफी फायरका क्रममा उसको ज्यान गएको हो । बङ्गलादेशमा हालैका दिनहरुमा आक्रमण गरी अल्पसङ्ख्यक हिन्दू एवम् मुस्लिम धर्माबलम्बीहरुको ज्यान लिने गरिएको छ । 
पछिल्लो समयमा यस्ता अतिवादीहरुको निशाना यहाँका हिन्दू धर्मावलम्बी परेका छन् । प्रहरीले यसरी हत्यामा सम्लग्न हुनेमा जैमेतुल मुजाहिद्दिन बङ्गलादेश नामक समूहमाथि आशङ्का गर्ने गरेको छ । त्यस संगठनका सदस्यहरु यस्ता काममा सहभागी भएको पाइएको प्रहरीले पत्ता लगाएको छ ।

, ,

0 comments

Write Down Your Responses