के हो त बोधिचित्त ? यसबाट कति कमाउन सकिन्छ र ? यो विरूवा कहाँ कहाँ पाइन्छ कसरी रोपिन्छ त यसको बिरुवा ? पुरा पढ़नुस थाहापाई राख्नुस
काठमाडौं–बोधिचित्त एक जिजिपस जातीमा पर्ने नयाँ प्रजाति जिजिपस बुद्धेन्सिस हो । यसलाई स्थानीय भाषामा बुद्धचित्त वा बोधिचित्त पनि भनिन्छ । बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो ।
यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ ।
खास गरी परापूर्वकालदेखि काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइन्छ । यसको प्रयोग र महत्वबारे हाल आएर व्यापक चर्चा भईरहँदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैरहेको छ । अत्याधिक माग र उच्च मुल्यको कारण व्यवसायिक खेति गर्नेहरुको अहिले जमात छ । यसलाई सौख र केहि आम्दनी लिनको लागि गमलामा पनि रोप्न सकिन्छ ।
बयर प्रजातिको एक प्रकारको हल्का काँडा हुने रुख जसको उत्पति काभ्रेको तिमाल क्षेत्रबाट भएको हो । बुद्ध धर्म मान्नेहरुको लागि यो माला बिषेश मानिन्छ, यसको माला दलाई लामाले पनि प्रयोग गर्छन् ।
चिन, जापान, कोरिया, थाइल्यान्ड, तिब्बत, भिएतनाम, मकाउ, ताईवान आदी देशहरुमा यसको माग उच्च छ । जार मुल्य ?
बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फलिरहेको प्रकार अनुसार ३ देखि ७ मुखेसम्मको मुल्य प्रतिगोटा रु. ४ सय देखि ६ लाखसम्म पर्छ । त्यसैगरी दुई मुखे मालाको भने साइज अनुसार मुल्य निर्धारण गरिएको हुन्छ । ७ मिमी को १०८ गेडा (एक माला) रु. ६ लाख पर्छ भने साइज बढ्दै जाँदा मुल्य कम हुँदै जान्छ ।
अन्त्यमा सबभन्दा ठूलो साइजको माला भने पाथीमा भरेर २५ हजारदेखि ३० हजार सम्ममा बेचिन्छ ।
खेती प्रविधी :
बोधिचित्त मालाको विरुवा समशितोष्ण भू–भाग (समुन्द्र सतहबाट ४०० मिटरदेखि २४०० मिटर) मा लगाउन सकिन्छ । नयाँ पालुवा र जरा आउनुभन्दा अगाडि रोपिएको बिरुवा सप्रिने र राम्रो हुनका साथै छिटो फल्ने हुन्छ । बोधिचित्तको बिरुवा सार्न उत्तम समय बर्षायाम तथा माघ–फागुन अनुकुल रहन्छ । तर पनि उचित हेरचाह गरेमा हिउँदमा पनि यसलाई रोप्न सकिन्छ । यस विरुवालाई ठूलो गमलामा पनि सौखको लागि आवश्यक मलजलसहित रोप्न सकिन्छ । जमिनमा धेरै संख्यामा रोप्दा ५/६ मिटरको दुरी कायम गरी रोप्नुपर्छ । रोपेको ३/४ वर्षदेखि दाना फल्न शुरु हुन्छ ।
रातोमाटो र कालोमाटोमा राम्रोसँग हुर्काउन सकिने ।
बलौटे माटोमा पनि राम्रोसँग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
तुसारो तथा हुस्सु पर्ने जस्ता कुराहरुले खासै असर नपार्ने ।
लगाउने विधिः
(ठूलो खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।
त्यसपछि नयाँ पालुवा बिरुवालाई रोप्ने ।)
(हिउँदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउँदमा पनि राम्रोसँग यसलाई लगाउन सकिन्छ ।)
(स्याहार–सुसार राम्रोसँग गरेर एकपटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।)


0 comments
Write Down Your Responses