एक वर्षको बालकको यौनअंग २५ वर्षको जस्तो भएपछि
एजेन्सी । भारतको दिल्लीको एक अस्पतालमा एक अनौठो विरामी भर्ना भएपछि सब चकित भएका छन् । एक वर्षको बच्चाको पिसाव फेर्ने अंग अर्थात यौनअंग २५ वर्षको बयस्कको जस्तो पुर्ण विकशित भएको छ । ती बालकको अहिले शल्यक्रिया गर्ने तयारी चलिरहेको छ ।
नाम नबताउने शर्तमा ती बालकको अभिभावका अनुसार ती बालकको दिल्लीमा एक सुपरस्पेशलिट अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार यो दुर्लभ स्थितिलाई प्रेसोसियल या अर्ली प्यूर्बी( उमेरभन्दा चाँडो जवान हुनु) भनिन्छ । बच्चामा यो परिवर्तनको सुरुवात ६ महिनाको उमेरबाट भएको थियो । ती बालकको शरीरको लम्बाइ र यौनअंगको लम्बाइ पनि आवश्यक भन्दा लामो र विकशित थियो ।
ती बालकको आमाले भनिन–‘सुरुमा हामीले मोटो शरीर भएको कारण यस्तो भएको भन्ने सोच्यौं । हामीले चिकित्सककहाँ पनि लग्योैं , तर एकवर्षपछि एक्कासी यौनअंग विकशित हुँदै गइरहेको छ ।
’
१८ महिनाको उमेरमा ती बालकको शरीरको लम्बाइ ९५ सेमी छ । उनी अरु सामान्य बच्चा भन्दा १०–१५ सेमी अग्लो छन्। उनको अनुहारमा रौं आउने र आवाजमा पनि धोद्रोपना आउँदै छ । उनको यौनअंग पनि विशशित भइसकेकको छ ।
चिकित्सकका अनुसार ती वालकको टेस्टोस्टेरन लेभल ज्यादै माथि छ । जुन २५ वर्षको युवकको हुन्छ । यही कारण उनको शरीरमा परिवर्तन देखिन थालेको हो ।
प्राथमिक टेस्ट जाँच गर्दा उनको टेस्टोस्टेरान ५००–६०० नैनग्राम प्रतिलिटर छ ।
जवकि उनको उमेरका बच्चामा यो आँकटा २० मात्र हुन्छ । यस्तो केश निकै कम हुन्छ । एक लाख बच्चामा कुनै एक बच्चामा मात्र यस्तो हुने चिकित्सक बताउँछन् ।
ती बालकको उपचारमा मासिक १७ हजार खर्च भइरहेको छ । दुर्लभ बीरामी भएको कारण बीमा कंपनीले पनि बीमा क्लेम दिन अस्वीकार गरिदिएको छ । अहिले ती बालकका अभिभावक आफ्नो सन्तानको स्वास्थ्यको कामना गरेर बसिरहेका छन् ।


0 comments
Write Down Your Responses