यी महिलाको शरीरलाई देखेर पुरुषहरु पनि लाजले पानी-पानी हुन्छन् ! नपत्याए अाफै हेर्नुस एक पटक

एजेन्सी । दक्षिण कोरियाकी एक महिला बडी बिल्डर यतिबेला इन्टरनेट जगतमा चर्चामा छिन् । ती महिलाले गर्वका साथ आफ्नो तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छन्, जसलाई इन्स्टाग्राम प्रयोगकर्ताले निकै रुचाएका छन् । यओन वू झी नामकी महिलाले अहिलेसम्म धेरै उपाधि जितिसकेकी छन् । ३१ वर्षीया यी झीको उचाई ५ फिट ७ इन्च छ ।
 झीले सन् २०१५ मा भैन्कुभर प्रो शो वुमन फिजिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी अर्नोल्ड क्लासिक युरोप फिजिक च्याम्पियनशीप २०१३ मा पनि उनी विजेता बनेकी थिइन् । उनको तौल अहिले ६५ किलो छ। झीका अनुसार उनलाई यसबाट केही फरके परेको छैन कि अरुले के सोच्छन् । उनी युवतीहरुको स्लीम देखिने होडबारे युवतीहरुले सबैभन्दा पहिला आफ्नो मनको कुरा सुन्नुपर्ने बताउँछिन् । इन्टरनेटमा तस्वीर शेयर गरेपछि कयौ युवतीले झीबाट प्रेरणा लिने कुरा बताएका छन् ।
 एउटा अंग्रेजी वेभसाइटले झीको बारेमा स्टोरी शेयर गर्दै लेखेको छ–यओन एसियन गर्ल्सको स्टीरियोटाइम इमेजलाई सुन्दरतापूर्वक तोडिरहेकी छन् ।

, , ,

0 comments

Write Down Your Responses