डाक्टरपछि राजधानीमा फेरी अर्को नक्कली नेता पनि पक्राउ हेर्नुस कुन पार्टीका परे ? पुरा पढ्नुहोस

काठमाडौं, ७ असार । देशैभरीबाट नक्कली डाक्टर पक्राउ गरिरहेको प्रहरीले मंगलबार एक जना नक्कली नेतालाई पनि पक्राउ गरेको छ । आफूलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य भनेर चिनाउने नक्कली नेता ३९ वर्षीय राजु उप्रेतीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंको कालिमाटीबाट पक्राउ गरेको हो । 
नुवाकोट थानपति घर भएका उप्रेती काठमाडौंको बुढानिलकण्ठ (जहाँ कांग्रेस सभापति शेरबहादुर देउवा बस्छन) बस्दै आएका थिए । ठगी मुद्दा परेपछि मात्रै पक्राउ आफूलाई कांग्रेसको केन्द्रीय सदस्य भनेर चिनाउने नक्कली नेता उप्रेतीले राजधानीमा ठगी समेत गर्दै आएको खुलासा भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले डाँका मुद्दामा कारागारमा रहेकाहरुलाई छुटाइदिन्छु भन्दै उप्रेतीले लाखौं रुपैयाँ ठगी गरेको पत्ता लागेको जानकारी दिए । 
उनका अनुसार नक्कली नेता उप्रेतीले केन्द्रीय कारागारमा रहेका बाग्लुङका थमप्रसाद पुन, कृष्ण सलामी, जाजरकोटका विकास रोकायसहितका ५ जनाबाट ५ लाख ५० हजार रकम असुलेका थिए । ‘आफू कांग्रेसको केन्द्रीय सदस्य रहेको र जेलमुक्त गराइदिने भन्दै लाखौं रकम ठगी गरेको पाइयो’ एसएसपी खनालले भने– ‘थुनामा रहेका ५ जना सबै प्रक्रिया पुर्याएर मुक्त भएर फेरि प्रहरीमा आएर उजुरी दिएपछि उप्रेती पक्राउ परे ।’ पक्राउ परेका उप्रेतीलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको छ ।

, ,

0 comments

Write Down Your Responses