टेलिफोनमा ओलीले बाबुराम भट्टराईलाई यस्तो व्यग्य गर्दै भने के म नपढ्या मान्छे फिट हुँला र तपाईँ विद्वानहरुको सभामा ? पुरा पढ्नुस
अघिल्लो शनिबार भक्तपुरमा आयोजित एउटा कार्यक्रममा नयाँ शक्ति केन्द्रका संयोजक डा बाबुराम भट्टराईले उच्च शिक्षा हासिल गर्न नसकेकाले ज्ञान र विज्ञानको कुरा गर्न नसुहाउने भन्दै प्रधानमन्त्री ओलीलाई व्यग्य गरेसँगै प्रधानमन्त्री ओलीले डा भट्टराईसँग निकै चित्त दुःखाएका छन । तर पालाको पैचो तिर्ने मौका त समयले सबैलाई दिन्छ मात्र पर्खनुसक्नुपर्दाै रहेछ । यस्तै भयो अहिले प्रधानमन्त्री ओली र डा बाबुराम भट्टराईबीच पनि ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कार्यक्रमको सिलसिलामा काठमाडौं बाहिर रहेकोले नयाँ शक्ति पार्टीको कार्यक्रममा आउन नसक्ने बताइरहँदा प्रधानमन्त्री ओली समेत उक्त कार्यक्रममा नजाने सूचना प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको थियो ।
यो बीचमा आफ्नो कार्यक्रममा सहभागि भइदिन भट्टराईले पटक पटक प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।
मौकामा हिरा फोर्न माहिर ओलीले यही मौकाको फाइदा उठाउदै बाबुरामलाई दनक दिएका छन ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार भट्टराईले फोन गरेपछि प्रधानमन्त्री ओलीले ‘म नपढ्या मान्छे, फिट हुँला र तपाईँ विद्वानहरुको सभामा?’ भनेर सोधेका थिए। उनका अनुसार प्रमले ‘आउन त मन थियो, पढ्या छैन के गरुम्’ भन्दै नपढेका नि आए हुन्छ भने चाहिँ आउँछु’ भन्ने जवाफ फर्काएका थिए।
भट्टराईले भत्तपुरको एक कार्यक्रममा आफूमाथि गरेको व्यग्यको जवाफी व्यग्य प्रधानमन्त्री ओलीले टेलिफोनबाटै भट्टराईलाई यसरी फर्काएका हुन ।
यसैबीच,बाबुराम भट्टराईले तारान्तार फोन सम्पर्क गरी कार्यक्रममा आइदिन प्रधानमन्त्री ओलीसँग अनुनय विनय गरेसँगै प्रधानमन्त्री ओली नयाँ शक्तिको कार्यक्रममा अपरान्ह तीन बजे दशरथ रंगशाला जाने भएका छन ।


0 comments
Write Down Your Responses