युरो कप रंगशालामै यसरी इङ्ल्यान्ड र रुसका समर्थकबीच झडप हेर्नुस फोटोफिचर सहित

पेरिस, जेठ ३० । युरो कपअन्तर्गत गएराति भएको इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा हिंसात्मक झडप भएको छ । फ्रान्सको मार्से शहरमा खेल चलिरहेको बेला रंगशालामै इङ्ल्यान्ड र रुसका समर्थकबीच झडप भएको हो । 
झडपका क्रममा कम्तिमा ३० जना घाइते भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुई देशबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि दुवै देशका समर्थकबीच झडप भएको हो । रुसी समर्थकले इङ्ल्यान्डका समर्थकमाथि आक्रमण गरेपछि झडप शुरु भएको थियो ।
 आ–आफ्नो देशको खेल हेर्नका लागि मार्सेमा झन्डै ९० हजार दर्शक जम्मा भएका थिए । झडपमा दुवै देशका समर्थकले एक–अर्कामाथि कुर्सी तथा बोतल प्रहार गरेका थिए । त्यसपछि दंगा नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेको थियो । प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले घटनाको निन्दा गरेको छ ।

, ,

0 comments

Write Down Your Responses