थारु महिलाको प्रहरी गण छेउमै सामूहिक रुपमा बलात्कार सशस्त्र प्रहरी जवान नै पक्राउ पुरा पढ्नुस
बलात्कृत महिलालाई उपचारका लागि अस्पताल लगिँदै
कपिलवस्तु, ३१ जेठ । कपिलवस्तुको शिवराज नगरपालिका–१० मा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।
थारु सामुदायकी बोल्न नसक्ने ती महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान लोकराज वस्ती पक्राउ परेका छन् ।
आइतबार साँझ करिब ८ बजे ३५ वर्षकी बोल्न नसक्ने थारू महिला बलात्कृत भएको नेपाल प्रहरीले जनाएको छ । चन्द्रौटामा रहेको सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको पश्चिमतिर सो घटना भएको हो ।
पीडित महिला भैँसी चराउन आएको बेला सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणका जवानहरुले सामूहिक बलात्कार गरेको गाउँलेको आरोप छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको गेम ड्रेस, एक जोर चप्पल, चुरा र साबुन फेला परेको छ । फेला परेका सामान र घटनास्थलको प्रकृतिका आधारमा सशस्त्र प्रहरीले नै बलात्कार गरेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनामा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले सशस्त्र प्रहरीका जवान वस्तीलाई पक्राउ गरेको हो । पक्राउ परेका वस्तीमाथि छानबिन गरी घटनाको विवरण सार्वजनिक गरिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो ।


0 comments
Write Down Your Responses