के तपाइको अनुहार सुन्दर र चम्किलो बनाउँन चाहनुहुन्छ यदी चाहनुहुन्छ अपनाउँनुस यि ५ उपाय पुरा पढ्नुस जनिराख्नुस

काठमाडौं । हरेक मान्छेको चाहना सुन्दर देखिने हुन्छ । अनुहार सुन्दर बनाउँन धेरैले विभिन्न उपाय अपनाउँने गरेका छन् । हामीले नियमित रुपमा खाने गरेका केही त्यस्ता पदार्थहरु छन् जसलाई खाँदा मात्र होइन पिँधेर अनुहारमा दल्नाले पनि हाम्रो अनुहार सुन्दर बन्छ । हामीलाई तिनको प्रयोग कसरी गर्ने थाहा नहुँन सक्छ । 
आज तपाईलाई हामीले दैनिक जीवनमा प्रयोग गर्ने पाँच पदार्थले कसरी तपाईको मुहार सुन्दर बनाउँछ जानकारी गराउँदैछौं १.कागतीको रस : कागतीको नियमित सेवन मानिसको स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । कागतीमा प्रसस्त मात्रामा भिटामिन सी लगायतका तत्व पाइन्छ । यसको नियमित सेवन सरीरमा मोटोपना घटाउन समेत सहायकसिद्ध हुन्छ भने कागतीको रस अनुहारमा नियमित लगाएर अनुहार सफा गर्दा अनुहारका डण्डीफोर, धब्बा तथा अनुहारको चिल्लोपना समेत हटाउन सहयोग पुग्ने सौन्दर्य विज्ञहरु बताउँछन् ।
 २.अण्डा : अण्डाको सेतो भाग अनुहारमा दल्नाले अनुहारको छाला सुख्खा हुनबाट बचाउँछ भने पहेँलो भागले छालालाई चम्किलो र मजबुत बनाउँछ । ३.मह : अनुहारमा दिनहुँ मह दलेर धुने गरेमा छाला नरम तथा चम्किलो बन्ने, छालामा संक्रमण हुन नपाउनुका साथै छालालाई सुख्खा हुनबाट पनि जोगाउँछ । महमा कागतीको रस मिलाएर अनुहारमा लगाउँदा झनै फाइदाजनक हुन्छ । ४.स्ट्रबेरी : स्ट्रबेरीमा पर्याप्त भिटामिन सी, एन्टिअक्सिडेन्ट तथा एक्सफोलियन्ट तत्व पाइन्छ । स्ट्रबेरीलाई पिँधेर लेदो बनाउनुहोस् अनि त्यो लेदो अनुहारमा दलेर केही बेर राखी धुनुहोस् । 
यसले अनुहारको छालालाई नरम र चम्किलो बनाउँछ । दही र महमा स्ट्रबेरीको लेदो मिलाएर अनुहारमा लगाउँदा झनै फाइदा हुन्छ । ५.केरा : केराको बोक्रा छोडाउनुहोस् अनि पिँधेर अलिकति मह हाल्नुहोस् अनि अनुहारमा लगाएर दश मिनेटपछि पखाल्नुहोस । यसले पनि तपाईको मुहार चम्किलो र सुन्दर बनाउँछ ।

, , , ,

0 comments

Write Down Your Responses