मोरङको केराबारीमा आ–आफ्नै घरमा झुन्डिएर एकैदिनमा गरे प्रेमी–प्रेमिकाले आत्महत्या गरे पुरा पढ्नुहोस

असार १२, मोरङको केराबारीमा आ–आफ्नै घरमा झुन्डिएर एकैदिन प्रेमी–प्रेमिकाले आत्महत्या गरेका छन् ।शनिबार आ–आफ्नै घरमा झुन्डिएर केराबारी २ की १७ वर्षीया रक्षा भण्डारी र केराबारी ४ कुवानीका १९ वर्षीय खेमप्रसाद बरालले आत्महत्या गरेका हुन् । 
 प्रहरीले यसै वर्ष केराबारीस्थित मछिन्द्र माविबाट एसएलसी पास गरेका बराल र भण्डारी लामो समयदेखि प्रेम सम्बन्धमा रहेको जनाएको छ । उनिहरुको प्रेम सम्बन्धमा घरपरिवारले स्वीकृति नदिएपछि दुवैजनाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।टाउको दुख्यो भनेर कोठामा पसेकी रक्षाले सलको पासो लगाएर झुन्डिएको इलाका प्रहरी कार्यालय केराबारीका सई सूर्य प्रसाईंले जनाएका छन् । प्रेमिकाले आत्महत्या गरेको खबर पाएलगत्तै खेतमा पानी लगाउन गएका खेमप्रसाद पनि सुसाइड नोट लेखेर नाइलनको पासोमा आफ्नै कोठामा झुन्डिएका थिए ।
 दुवैजनाको तत्काल मृत्यु भएकाले शव परीक्षण गराई प्रहरीले परिवारलाई अलग–अलग रूपमा जिम्मा लगाएको थियो । उनीहरूको शनिबारै दाहसंस्कार गरिएको आफन्तले जनाएका छन् । खेमप्रसादले प्रेमिका रक्षालाई सम्बोधन गर्दै लेखेको सुसाइड नोटमा बिरामी हुँदा पनि साथ दिएको तर अकस्मात मृत्यु रोजेर आफूलाई सेवा गर्ने अवसर नदिएको भन्दै गुनासो गरेका छन् । उनले आफूलाई रक्षा जलाएकै चितामा जलाइदिन पनि आग्रह गरेका छन् । रक्षाका आफन्तले पोस्टमार्टमपछि जिम्मा लिएर केही पहिले नै शव जलाए पनि खेमप्रसादलाई आफन्तले रक्षालाई जलाएकै स्थानमा जलाएका थिए ।

, ,

0 comments

Write Down Your Responses