नयाँ शक्ति पार्टीलाई शुभकामना दिन दशरथ रंगशाला पुगेका सभापति देउवाले भने भरिभराऊ मान्छे छन नयाँ शक्तिले गरिखान्छ पुरा पढ्नुस

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा लगानीको वातावरण बनाउन बन्द, हड्ताल र जुलुस जस्ता कार्यक्रम रोक्नुपर्ने बताएका छन् । नयाँ शक्ति पार्टीलाई शुभकामना दिन दशरथ रंगशाला पुगेका सभापति देउवाले नयाँ शक्तिले देशको आर्थिक विकासलाई अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गरे । 
 ‘संघीय संरचनासहितको संविधान आइसकेको छ । विकास र समृद्धि अहिलेको आवश्यकता हो’, उनले भने, ‘नेपाललाई समृद्ध बनाउने कुरामा नयाँ शक्ति केन्द्रित होस् । आर्थिक विकास र समृद्धिमा लैजान लगानीका हरेक किसिमका सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । उनले देश र जनताले राजनीतिक अधिकार पाइसकेकाले आर्थिक विकासका लागि बन्द, हड्ताल र जुलुस रोक्नुपर्नेमा जोड दिए । ‘बन्द, हड्ताल र जुलुस हुन थाले भने लगानीकर्ता भड्किन्छन्’, उनले भने, ‘लगानीकर्तालाई शान्ति सुरक्षा चाहिन्छ । लगानीको वातावरण बनाउन पनि यस पार्टीले पहल गरोस् ।
’ सभापति देउवाले सम्बोधनको अन्त्यमा नयाँ शक्ति पार्टी घोषणा कार्यक्रममा दशरथ रंगशाला भरिभराउ भएको भन्दै नयाँ शक्ति पार्टी क्षमतावान हुने विश्वास व्यक्त गरे । ‘भरिभराउ भएको मैदान हेर्दा नयाँ शक्ति पार्टी पार्टी क्षमतावान हुने देख्छु’, उनले भने, ‘यहाँको उपस्थिति हेर्दा यो पार्टी सक्षम र अग्रणी भइ गरिखाने देखिन्छ ।’

, ,

0 comments

Write Down Your Responses