फेरी जान थाल्यो नेपालमा लगातारभूकम्प तिन घण्टामा १६ भूकम्पको धक्का क्षती भने बिवरण अाउन बाकी

बझाङ बझाङमा बुधबार भूकम्प र परकम्प गरी १६ वटा धक्का गएपति कुनै क्षति नभएको प्रहरीले बताएको छ । भूकम्प र परकम्प गएपनि केही क्षति नभएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 
उहाँले भन्नुभयो ‘भूकम्पको केन्द्रविन्दु सदरमुकाम चैनपुरमा अहिलेसम्म क्षतिको खबर आएको छैन ।बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले बताउनुभयो । 
 यस्तै दिउँसो ३ बजेर १२ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टरस्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसपछि बेलुकासम्म १५ वटा साना भूकम्प र परकम्प गएका उहाँले जानकारी दिनुभयो ।

, ,

0 comments

Write Down Your Responses