आफैले सन्तान जन्माएर हत्या गर्ने यि कस्ती अामा श्रीमानकाे मृत्युपछि अवैध सम्बन्ध राख्दाकाे परिणाम पुरा पढ्नुहोस हेर्नुस भिडियो सहित
भोजपुर । आफँैले जन्म दिएको शिशु हत्या गरेको आरोपमा भोजपुर जिल्ला दोभाने गाविसकी एक महिला पक्राउ परेकी छिन् ।अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा दोभाने–२ थुम्लुङकी ४० वर्षीया मैयाँ तामाङलाई प्रहरीले पक्राउ गरी बुधबार सदरमुकाम ल्याएको छ ।
पाँच वर्षअघि श्रीमान्को मृत्यु भएर एकल जीवन बिताउँदै आएकी मैयाँले अवैध गर्भधारण गरी जन्मेको नवजात शिशुलाई असार ९ गते हत्या गरेकी थिइन् ।हत्या गरेपछि गाईलाई दिन राखेको घाँसको थ्रुपोमा उनकी छोरीले मृत अवस्थामा नवजात शिशुको लास भेटेकी थिइन् । मृत अवस्थामा नवजात शिशुको लास भेटेपछि छोरीले गाउँलेलाई खबर गरेकी थिइन् ।
मैयाँले बच्चा जन्माएपछि मुख थुनेर हत्या गरेको प्रहरीसँग स्वीकार गरेकी छिन् । कसको गर्भ बोकेको हो भनेर आरोपीले यकिन गर्न नसकेको प्रहरीले बताएको छ ।
मृतक नवजात शिशुको शवपरीक्षण बुधबार जिल्ला अस्पताल भोजपुरमा भएको छ । अनुसन्धानपछि प्रहरीले मैयाँलाई घरैबाट पक्राउ गरेको हो । आरोपी महिलालाई कानुनअनुसार कारबाही प्रक्रिया थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताउनुभयो ।


0 comments
Write Down Your Responses