एसएलसी प्रवेशिका परीक्षाको नतिजा आज बिहीबार हुने

काठमाडौं अन्नपूर्ण परीक्षा नियन्त्रण कार्यालयले एसएलसी प्रवेशिका परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक कृष्ण काप्रीले नतिजा प्रकाशनका लागि आवश्यक तयारी पूरा भएको बताए। ‘बिहीबार दिउँसो दुई बजेतिर नतिजा प्रकाशन गर्छौं होला', काप्रीले बुधबार अन्नपूर्णसँग भने, ‘केही प्राविधिक काममात्र बाँकी छ। कुनै बाहिरी समस्या आएन भने बिहीबार नतिजा प्रकाशन गर्छौं।'
 पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्न लागेको छ। ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज जीपीए मध्ये विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिनेछ। एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक हुन लागेको हो।
 परीक्षा सञ्चालन हुनेबित्तिकै उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुर्याउन लाग्ने समय, परीक्षण केन्द्रमा परीक्षण गर्न लाग्ने समय तथा परीक्षण गरेपछि कति दिनभित्रमा केन्द्रमा नतिजा पठाउनेसम्मका कार्ययोजना बनाइएकाले काम छिटो भएको काप्रीले बताए। परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी छन्। पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी छन्। कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना छन्।
 तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र छन्। त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी छन्। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी छन्। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र छन्।

, ,

0 comments

Write Down Your Responses