भारतमा बसले कारलाई यसरी ठक्कर दिँदा १७ जनाको मृत्यु ३३ जना घाइते हेर्नुहोस भिडियो सहित
२३ जेठ, काठमाडौं । भारतको मुम्बई-पुणे सडक खण्डमा बसले कारलाई ठक्कर दिँदा १७ जनाको मृत्यु भएको छ । ३३ जना घाइते भएका छन् ।यो घटना आइतबार बिहान करिब ३ बजेतिर रायगढ नजिक भएको हो ।
प्रहरीका अनुसार पुणेबाट मुम्बई तर्फ गइरहेको एक मारुती कारको टायर पन्चर भयो ।
कारमा सवार यात्रुहरुले मद्दतका लागि पछाडिबाट आइरहेको अर्को कारलाई रोके । यात्रुहरुले कारको टायर फेर्नेबेला साताराबाट मुम्बईतर्फ गइरहेको लक्जरी बसले दुबै कारहरुलाई पछाडिबाट ठक्कर दियो ।
बस र कार सडकबाट करिब २० फुट तल खाल्डोमा खसे ।
दुर्घटनामा ६ महिनाको बच्चा, १० महिला र ६ पुरुष गरी १७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई एमजीएम अस्पतालमा भर्ना गरिएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली उद्धारका लागि एम्बुलेन्ससहित घटनास्थलमा पुगेको थियो ।


0 comments
Write Down Your Responses