आफ्नो अनुहार छोप्दै अदालत पुगे डा साबहरु ! हेर्नुस फोटोफिचर

काठमाडौं – काठमाडौं जिल्ला अदालत परिसरमा आइतबार दिउँसो नेपाल प्रहरीको बस रोकियो । प्रायः अपराधीहरु लिएर अदालत पुग्ने प्रहरीको गाडीमा आज भने कुनै खुंखार अपराधी थिएनन् । त्यहाँ थिए, भगवानकै अर्को रुप मानिएका डाक्टरहरु ।
 ती मध्ये कोही आफ्नो क्षेत्रमा कहिलिएकै डाक्टर थिए भने कोही अस्पतालकै मालिक । केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविन पश्चात केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक भएकाहरू तथा अन्य चिकित्सकको एनएमसी दर्ता नं प्रयोग गरी चिकित्सकिय सेवा प्रदान गर्ने ३६ जना डाक्टरहरुलाई पक्राउ गरेको थियो । 
अपरेसन क्वाक’ अन्तरगत पक्राउ गरिएका उनीहरुलाई आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । अदालत पुगेका डाक्टरहरु त्यहाँ पुगेका मिडियादेखि निकै सर्तक देखिन्थे । मिडियाले क्यामारा तेर्साउने बित्तिकै उनीहरुले अनुहार छोप्थे । कसैले हातैले मुख छोपे भने कसैले बोतलको साहारा लिएर मुख छोपे, कोहीले भने पहिलेनै मास्क लगाएर अदालत पुगेका थिए । अदालतले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरेको छ ।

, ,

0 comments

Write Down Your Responses