आज पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको निधन भएको छ पुरा पढ्नुस खबर
१७ असार, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका नेता एवं पूर्वमन्त्री मंगलसिद्धी मानन्धरकोमानन्धरको हृदयघातका कारण शुक्रबार विहान १० बजेर ४५ मिनेटमा निधन भएको हो ।
उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनको दुई महिना अघि मात्र भारतको राजिव गान्धी अस्पतालमा क्यान्सरको उपचार गरिएको थियो ।
मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
एउटा छोरा भारतमा रहेकाले भोलि मात्र अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका मानन्धर अहिले संघीय समाजवादी फोरमको सल्लाहकार समिति प्रमुख थिए । ७५ वर्षको उमेरमा निधन भएको छ ।


0 comments
Write Down Your Responses