यी हुन् दुनियाका सबैभन्दा अनौठा नुहाउँदै फिल्म हेर्दै फिल्म हलहरु भिडियो हेर्न फोटोमा क्लिक गर्नुस

मानिसहरुलाई फिल्म देखाएर मनोरञ्जन प्रदान गर्ने फिल्म हलहरु पछिल्लो समयमा निकै आधुनिक तथा सुविधासम्पन्न बन्दै गएका छन् । हुँदाहुँदा नुहाउँदै फिल्म हेर्दै गर्न पाइने फिल्म हल पनि बनेका छन् दुनियामा । नुहाउँदै फिल्म हेर्न पाउने लगायत दुनियाका केही विशेष खाले फिल्म हल यस्ता छन्ः 
 १. बेलायतको लण्डनस्थित हट ट्युब सिनेमाको नाट्यशाला टब बनाइएको छ । उक्त टबमा टन्न पानी भरिएको हुन्छ । उक्त पानीमा डुबुल्की मार्दै तथा नुहाउँदै तपाइँ साथीसँगै बसेर फिल्म हेर्न सक्नुहुन्छ । त्यहाँ फिल्म हेर्दै टन्न सोमरसपान पनि गर्न पाइन्छ । २.फिलिपिन्सको न्युपोर्ट सिटीस्थित न्यूपोर्ट अल्ट्रा सिनेमा लग्जरी थिएटरको रुपमा रहेको छ र पूर्णतया थ्री डी प्रविधिमा आधारित छ ।
 ८० जना दर्शकको क्षमता रहेको उक्त हलमा धेरैजसो जोडी नै जान्छन् । जहाँ गोपनीयताको पूर्ण ख्याल गरिन्छ । ३.ग्रिसको ओलम्पिया थिएटरमा दर्शकहरुलाई भव्य ओछ्यानमा सुतेर फिल्म हेर्ने मौका मिल्दछ । हरेक ओछ्यानमा २ जना सुत्न पाउँछन् ।
 सन् १९१० मा आर्किटेक्ट स्ट्याबरोस क्रिस्टिडिसले यो थिएटरकोे डिजाइन गरेका थिए । वर्तमान थिएटरको डिजाइन भने सन् १९५० मा गरिएको हो । ४.पेरिसको मूभी थिएटर पनि दुनियाको खास थिएटरको रुपमा मानिन्छ । यसमा डुंगाजस्तै सिट व्यवस्थापन मिलाइएको छ । यो थ्री डी हल हो । कुनैपनि मूभी हेर्नु पहिले दर्शकलाई चश्मा पहिराइन्छ ।

, , , ,

0 comments

Write Down Your Responses