चिनियाँ महिलाले असाधारण तवरबाट आफ्ना श्रीमान्लाई आत्महत्या गर्नबाट कट्टु समातेर श्रीमानको यसरी उद्धार हेर्नुस भिडियो सहित

एक चिनियाँ महिलाले असाधारण तवरबाट आफ्ना श्रीमान्लाई आत्महत्या गर्नबाट जोगाएकी छिन् । अपार्टमेन्टको छैटौँ तलाबाट फाल हालेका श्रीमान्लाई उनले कट्टुुमा समातेर खस्नबाट रोकेकी हुन् । समाचार एजेन्सीका अनुसार चीनको चाङ्चुनमा भएको सो घटनामा लिङ सुले आफ्ना ४५ वर्षीय श्रीमान् वाङ लीलाई २० मिनेटसम्म कट्टुुकै भरमा थेगेकी थिइन् । 
त्यसपछि मात्र प्रहरी र उद्धारकर्मी आएर वाङलाई उद्धार गरेका थिए ।आत्महत्या गर्ने मनसायले वाङ २० मिटरमाथि रहेको आफ्नो फ्ल्याटको झ्यालबाट फाल हाल्न पुगेका थिए । तर, श्रीमतीले तत्कालै कट्टुमा समाउन भ्याइन् । लिङको चिच्याहट सुनेपछि तत्कालै मानिसहरू तल जमिनमा भेला भएका थिए । नाटकीय उद्धारपछि वाङलाई अस्पताल लगिएको छ । उनी डिप्रेसनको सिकार रहँदै आएको समाचार एजेन्सीले जनाएका छन् । नयाँ पत्रिका बाट ।

, ,

0 comments

Write Down Your Responses