हेर्नुस जहाँ यस्ताे देश फाैजीमा भर्ती हुनुअघी महिलाहरू भर्जिन छन या छैनन भनी यसरी चेक गरिन्छ हेर्नुस भिडियो सहित
एजेन्सी इन्डोनेसियामा महिलालाई सरकारी फौजमा प्रवेश गर्नुअघि अनिवार्य रुपमा कुमारित्व परीक्षण (भर्जिनिटी टेस्ट ) गरिन्छ । उच्च शिक्षा पास गरेका १८ देखि २० वर्ष उमेरका महिलालाइ सुरक्षा फौजमा भर्ती हुनुपूर्व इन्डोनेसियमा बर्षौंदेखि महिलाको कुमारित्व जाँच्ने गरिन्छ । यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतहरुमा अनिवार्य गरिएको छ । स्थानीय सरकार र सार्वजनिक सेवामा पनि यस्तो परीक्षणलाई सरकारले विस्तार गर्दैछ ।कथित ‘भर्जिनिटी टेस्ट’ को मानवअधिकाबादी संघ संस्था र कार्यकर्ताले बिरोध गरेका छन् ।
अवैज्ञानिक र रुढीबादी यस परीक्षणलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निन्दा गरेको छ । ‘वर्तमान युगमा भर्जिन टेस्टको कुनै स्थान छैन । परीक्षण आफैँमा विभेदकारी छ । महिलाको क्षमता कुमारित्वले जाँच्न सक्दैन,’ डब्लुएचओले भनेको छ ।
कसरी हुन्छ परीक्षण ?
‘दुई औलाको परीक्षण’ दिएको यस परम्परागत परीक्षणमा चिकित्सकहरुले महिलाको योनिच्छेद र त्यसको आकारको साथै योनीको शिथिलताबारे गहन अध्ययन गर्छन् । यस आधारमा उनीहरुले यौन सम्बन्ध राखे नराखेको खुलासा हुने दाबी गरिन्छ । तर यस परीक्षणबारे नै चिकित्सकहरुबीच मतभेद देखिन्छ । केही चिकित्सकहरुका अनुसार योनिच्छेदको अवस्थाले भर्जिन टेस्टको जिज्ञासालाई खासै सम्बोधन नगर्ने र योनिच्छेदको आकार महिलाअनुसार फरक फरक हुने गर्छ ।
स्वास्थका नाममा गरिने यस परीक्षणले महिलाको मानव अधिकारको हनन भएको ह्युमन राईट वाचले जनाएको छ ।
वाचले कुमारित्व परीक्षण गरिएका ११ जना इन्डोनेसियाली महिलाको अनुभव समेत सार्वजनिक गरेको छ ।
वाचका एन्ड्रिज हारसोनका अनुसार महिला चिकित्सकहरुले आफ्ना दुई ओटा औला भर्ति हुन चाहने उम्मेदावरको योनिकोद्वार खोल्न प्रयोग गरेका थिए, अर्को एउटा औलालाई मलद्वारमा राखिएको थियो । आफूलाई गरिएको परीक्षणबारे महिला यति लज्ज्ति देखिन्थे कि आफ्नो परीक्षण सुनाउँदा अन्य महिला भाग्थे एन्ड्रिजका अनुसार परीक्षणलाई धेरै जना महिलाले आफूहरुमाथिको अपमान बताए । केहीले मानसिक आधात महशुस गरेका थिए । भर्जिन टेस्ट गरेर भर्ति हुन साथीलाई सुझाब नदिने सहभागी एक महिला बताउँछिन् । ‘वास्तवमै यो एउटा घृणित कार्य हो र यातान पनि । कोही पनि यस्तो परीक्षण नगरोस्,’ उनी भन्छिन् ।
‘परीक्षण अपरिहार्य’
इन्डोनेसियाली सेनाका प्रमुख भने कुमारित्व परीक्षण अपरिहार्य भएको बताउँछन् । सेनामा उनीहरु नैतिक रुपमा उचित छन् वा छैनन् भन्ने थाहा पाउन परीक्षण आवश्यक भएको उनको तर्क छ । ‘कुमारित्व परीक्षण त निकै राम्रो विषय हो ।
यसको आलोचना गरिनु हुन्न ?’ सेनाप्रमुख मोइलेडोकोको भनाई उद्घृत गर्दै दी जाकार्ता पोस्टले लेखेको छ ।
महिला भर्जिन हुनु र सेनाको फौजमा कार्य गर्न क्षमता राख्नु एक अर्कासँग प्रत्यक्ष सम्बन्ध नरहे पनि भर्जिनीटीले महिलाको नैतिकता मापन गर्ने बताए । भर्ती गरिने महिला भर्जिन नभए उनीहरुको मानसिक रुपमा समेत अस्वस्थ हुने उनी दाबी गर्छन् ।यस्तो परीक्षणले आगामी दिनमा पनि निरन्तर पाउने उनको भनाई छ । भन्छन्, ‘भावी दिनमा पनि हामी निरन्तर परीक्षण गर्नेछौं । किनकी सबै भन्दा महत्वपूर्ण विषय भनेको तपाईँको मानसिकता हो । वासिंगटन पोस्टका अनुसार इन्डोनेसियमा सेनामा भर्ती हुनु अघि गरिने कौमारित्वको परीक्षणलाई एउटा विशेष अभ्यासका रुपमा लिइन्छ । ‘सेनामा भर्ती हुन चाहनेले नंग्न भएर आफ्नो योनी चिकित्सकलाई परीक्षण गर्न तयार हुनुपर्छ । महिलाहरु कथित भर्जिन छन् भन्ने सुनिश्चित गर्न यस्तो गरिन्छ,’ सो पत्रिकाले टिप्पणी गरेको छ ।
यातना पीडितका लागि अन्तर्राष्ट्रिय परिषद् (आईआरसीटी)ले पनि परीक्षणले महिलाको मानव अधिकारको हनन गरेको जनाएको छ । ‘परीक्षण अन्तर्राष्ट्रिय कानून अन्तर्गत महिलामाथि दुव्र्यबहार हो,’ आइआरसीटीले भनेको छ । इन्डोनेसियमा सेनाका प्रस्ताबित बेहुलाले समेत बिबाहअघि कन्याको कुमारित्व परीक्षणको माग गर्ने गरेको आईआरसीटी र एचआरडब्लुले जनाएका छन्, तथापी सेनाले भने यसलाई अस्वीकार गरेको छ ।
महिलाहरुको मानवअधिकारको हननसँग जोडिएको यो विषय अझै पनि कट्टर मुश्लिम मुलुकहरुमा विद्यमान रहेको बताइन्छ । तर, अधिकांश मुलुकहरुमा भने बिस्तारै यो परीक्षण घटेको बताइन्छ ।उच्च माध्यामिक विद्यालयमा महिलाको भर्जिनीटी टेस्टको व्यबस्थाको माग एउटा राजनीतिक दलले गरेपछि दक्षिण अफ्रिकामा यो गरम विषय बनेको छ । किशोरावस्थामा हुने गर्भवती दर रोक्न उसले यस्तो आग्रह गरेको हो ।
तर यसको तीब्र बिरोधपछि कार्यन्वयन रोकिएको छ । बलात्कारबाट बाँचेकालाई दुई औले परीक्षण गर्ने भारतीय अस्पतालहरुबिरुद्ध डब्लुएचआरले अभियान नै चलाएको थियो । सन् २००९ मा केरेलामा केही भिक्षुणीमाथि गरिएको परीक्षणलाई लिएर हजारौ महिला प्रदर्शनमा उत्रिएका थिए । राज्यको प्रयोजनमा हुने सामूहिक बिबाहमा डेढसय महिलाहरुको परीक्षणपछि चर्को बिरोध भएको थियो ।उता बेलायतमा भारत, पाकिस्तान, वंगलादेश लगायतका अन्य मुलुकहरुबाट गएका केही आप्राबासी महिलाहरुको सन् १९७९ सम्म भर्जिनीटी टेस्ट गरिन्थ्यो ।
बेलायती पुरुषसँग यसअघि नै आप्राबासी महिलाको लसपस भए÷नभएको पत्ता लगाउन पनि सरकारल यस्तो परीक्षणलाईे अनिवार्य गरेको थियो ।
तर, युके बोर्डर एजेन्सीले तीब्र बिरोधपछि बेलायतमा यस्तो परीक्षणमा प्रतिबन्ध लगाइएको छ । इजिप्टमा सन् २०११ त्यहाँको एक अदालतले सेनाको जेलभित्र रहेका महिला कैदीलाई यौन परीक्षण बन्द गर्न आदेश दिएको थियो । प्रदर्शनमा पक्राउ भएकी एक महिलााई इजिप्टको सेनाले परीक्षण गर्न बाध्य पारेको समाचार सार्वजनिक पछि अदालतको फैसला आएको थियो ।


0 comments
Write Down Your Responses