राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो, १२ कक्षा पास गरेकालाई पनि मौका कहाँ कहाँ र कुन कुन ठाउँमा पुरा हेर्नुस
काठमाडौं, ५ साउन । सरकारको स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनाका लागि जागिर खुलेको छ ।
बुधबार सार्वजनिक सूचना जारी बैंकले विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।
लोकसेवा आयोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले पूर्णप्रतिस्पर्धाका आधारमा बैंकले नयाँ कर्मचारीको छनोट गर्ने सूचनामा उल्लेख छ ।
लिखित परिक्षा र अन्तवार्ताबाट उम्मेद्धवारहरुको छनोट गरिने जनाइएको छ ।
बैंकका अनुसार छैटौं तहमा आवेदन दिन व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनुपर्ने छ भने तीन तहमा आवेदन दिन १२ कक्षा पास गरेको हुनुपर्ने योग्यता तोकिएको छ । त्यस्तै पाँचौ तहमा आवेदन दिन स्नातक पास गरेको हुनुपर्ने बैंकले जनाएको छ ।


0 comments
Write Down Your Responses