विज्ञहरु भन्छन् नेपालमा जिका भाइरसको जोखिम छ यस कारण पुरा पढ्नुस
काठमाडौं । विश्वमै जिका भाइरसको सन्त्रास फैलिएका बेला नेपालमा पनि त्यसको जोखिम देखिएको छ । थाइल्याण्डमा समेत जिका भाइरस देखिएकाले नेपालमा थप जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । तर नेपालमा रोग पहिचान गर्न सक्ने परीक्षण सुविधा उपलब्ध छैन् ।
यस्तो स्थितिमा मुलुकमा रोग संक्रमणको उच्च जोखिम रहेको विज्ञहरूले बताएका छन् । जिका भाइरस ‘पोलिमर चेन रियाक्सन (पीसीआर)’ को माध्यमले पहिचान गरिन्छ भने भाइरस रगतको नमुनाबाट छुटयाइन्छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले पनि हाल विशेष खालको रगत जाँच्ने सुविधा उपलब्ध नरहेको बताए । तर सजगता भने अपनाइने उनले बताए ।
गर्भवती वा गर्भधारण गर्न चाहने महिलालाई हाल जिका भाइरस रोग प्रभावित क्षेत्र नजान उहाँको सल्लाह छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले जिका भाइरस विरुद्ध विश्वमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ । सन् २०१५ को मे महिनामा ब्राजिलमा पहिलोपटक जिका भाइरस देखापरेको थियो । जिका भाइसरको बढ्दो खतरालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले विश्वव्यापी आपत्काल घोषणा गरेको छ । डब्लुएचओले जिकालाई इबोलाजस्तै गम्भीर रोगको कोटिमा राखेको छ ।
२३ देशमा फैलिएको अनुमान गरिएको यो रोगले वर्षको अन्तसम्ममा ४० लाख मानिस प्रभावित हुने बताइएको छ । गत वर्षको अक्टोबरसम्ममा यसबाट सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिलमा माइक्रोसेफेलीका चार हजार मामिला सार्वजनिक भइसकेका छन् ।
सबैभन्दा बढी प्रभावित देश जिका भाइरसको प्रभाव सबैभन्दा बढी ब्राजिलबाहेक मेक्सिको, ग्वाटेमाला, अल सल्भाडोर, पानामा, होन्डुरस, हैटी, डोमिनिक रिपब्लिक, कोलम्बिया, भेनेजुयला, इक्वेडर, बोलिभिया, पाराग्वे, गुयना, सुरिनेम, फ्रेन्च गियाना र निकारागुआ रहेका छन् ।


0 comments
Write Down Your Responses