हेरौ कस्तो रहस्मयी कुवा पानी छुने बित्तिकै सबै कुरा बन्छन् ढुंगा पुरा हेर्नुस

लण्डन । पानी छोएपछि हरेक कुरा ढुंगा बन्ने कुरा कसले पत्याउला ? दन्त्यकथामा ामत्रै सुनिन्छन् यस्ता कुराहरु । तर लण्डनमा एउटा एउटा यस्तो रहस्यमयी कुवा छ, जहाँको पानी छोएपछि हरेक बस्तु ढुंगामा परिणत हुने गरेका छन् । बेलायतको नीड नदी किनारमा रहेको नेयर्सबरो गाउँमा यो कुवा रहेको छ । यसलाई उनीहरु राक्षसको कुवा पनि भन्छन् । यो कुवामा जुन कुरा खसेपनि त्यो ढुंगामा परिवर्तन हुन्छ ।
 यो कुवामा खस्ने पात, काठ र जीवजन्तु सबै पानीमा खसेको केही समयपछि नै ढुंगा बन्छन् । त्यसैले कुनै पनि मानिस यो कुवा नजिक जान चाहँदैनन् । कुवाको सम्पर्कमा आउँदा कतै ढुंगा भइने त होइन भनेर उनीहरु टाढैबाट कुवा हेर्ने गर्छन् । साहसिक यात्रा गर्नेहरु यहाँ केही सामान छोडेर जाने र फर्केर आउँदा ती सामानहरु ढुंगा भएको भेट्टाउँछन् । अहिले भने यो स्थान पर्यटकीय महत्वको बनेको छ । 
मानिसहरु कुवामा खसेको पानीमा आफ्ना सामान झुण्ड्याएर जान्छन् जुन पछि ढुंगा बनिसकेका हुन्छन् । वैज्ञानिकहरुका अनुसार, कुवाको पानीमा भएको रसायनले हरेक कुरालाई ढुंगामा परिवर्तन गर्ने गरेको छ । कुवाको पानीमा लवण तत्व निकै रहेको र बस्तुको बाहिर चट्टानको परत बन्ने उनीहरुको दावी छ ।

, , , ,

0 comments

Write Down Your Responses