अब यौन स्वास्थ्य समस्या र सन्तुष्टीका जीवनमा सरकारको निगरानी पुरा पढ्नुस
एजेन्सी,१५ साउन ।
स्वीडेनका नागरिकको यौन जीवन (सेक्स लाइफ) को निगरानी अब त्यहाँको सरकारले गर्ने भएको छ । स्वीडेन सरकारले अबको तीन वर्षसम्म आफ्ना नागरिकको यौन जीवनका बारेमा अध्ययन गर्ने निर्णय गरेको हो । अध्ययनको क्रममा नागरिकको यौन स्वास्थ्य, समस्या र सन्तुष्टीका बारेमा निगरानी गरिने त्यहाँका स्वास्थ्य मन्त्रीले जनाएका छन् ।
एक ट्वलोइड पत्रिका डगन्स न्युहेटरले गरेको अध्ययनमा स्वीडेनका नागरिकले यौन सम्पर्क कम गर्ने गरेको र धेरै मानिस असन्तुष्ट रहेको देखिएको थियो ।
सरकारले गर्ने अध्ययनमा अहिले बाहिर आएको अध्ययन प्रतिवेदन ठिक भए नभएको जाँच गरिने र यदि त्यो सहि भने किन त्यस्तो भयो भनेर पनि खोजिने स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।
स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले तीन वर्षसम्म नागरिकको यौन जीवनको अध्ययन गर्ने छ र यसको प्रतिवेदन सन् २०१९ को जुनमा सार्वजनिक हुनेछ । तनावका कारण मानिसको यौनप्रतिको लगाव घटेको हुन सक्ने स्वास्थ्य मन्त्रीको भनाई छ । तनावकै कारण यौनप्रतिको रुची घटेको भए त्यो राजनीतिक समस्या पनि रहेको उनको भनाई छ ।


0 comments
Write Down Your Responses