सामाजिक सञ्जाल इस्टाग्राममा केही दिनदेखि एक तस्बिर चर्चामा छ त्यो बिकिनी लगाएका पुलिसले चोर पक्रिएपछि पुरा पढ्नुस
एजेन्सी,साउन ।
सामाजिक सञ्जाल इस्टाग्राममा केही दिनदेखि एक तस्बिर चर्चामा छ। दुई स्वीडिस महिला प्रहरी अधिकारीले बिकिनी लगाएको अवस्थामा चोर पक्रिएकोमा सबैले ती महिलाको तारिफ गरिरहेका छन्। स्वीडेनका सञ्चारमाध्यमका अनुसार प्रहरी अधिकृत मिकाइला केलनर र उनकी साथी छुट्टीको दिन स्टकहोम नजिकैको पार्कमा सनबाथिङ गरिरहेका थिए।
त्यतिबेला एक मान्छे उनीहरूको नजिकै आयो। केहीबरेमा उनीहरूलाई कसैले भन्यो कि त्यो मान्छेले मोबाइल चोरेर लग्यो। बिकिनीमा रहेका ती दुबै महिला प्रहरी चोरको पछि दौडिए। करिब १५ मिटर कुदेर उनीहरुले चोरलाई पक्रन सफल भए।‘
मसँग त्यतिबेला समय नै थिएन त्यसैले जे लगाएको थिएँ त्यहीमा दौडिएँ’ केलनरले भनिन्। उनले तस्बिर सार्वजनिक भएपछि आफूलाई धेरैले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बताइन्।


0 comments
Write Down Your Responses