हेर्नुस त मेकअप बिनानै यति आकर्षक र सुन्दर बन्ने यी हुन आठ तरिका जनिराख्नुस

१. प्रशस्त मात्रामा पानी पिउने गर्नाले शरीरका बिकार तत्व बाहिर निकाल्न मद्दत गर्छ र त्वचा आकर्षक र सुन्दर बन्छ । २. अनुहार गर्दनका साथै हात खुट्टामा मस्चराइजर गर्नुहोस् यसले तपाइँको छालामा भएको चाउरीपन हटाउन मद्दत गर्छ ।
 ३. नियमित रुपमा सफा पानीले अनुहार धुने गर्नुपर्छ । दिनमा कम्तिमा ३ देखि चार पटक फेशवासले अनुहार धुने गरेमा अनुहारमा धूलो तथा फोहर जम्न पाउदैन । ४. दैनिक रुपमा टोनरको प्रयोेग गर्नुहोस् यसले त्वचाको चिल्लोपन हटाउन मद्दत गर्छ । ५. दैनिक रुपमा स्याम्पुले कपाल धुने र सुहाँउदो अनुसार समय समयमा कपाल काट्ने गर्नाले तपाइँ सुन्दर र आकर्षक देखिनुहुन्छ । ६. बाहिर जाँदा घामबाट बच्नका लागि सनस्क्रिनको प्रयोग गर्नुहोस् । 
यसले तपाइँको अनुहारलाई घामको किरणबाट बचाउँछ र प्राकृतिक रुपमा सुन्दर र स्वस्थ बनाउँछ । ७. नियमित रुपमा तातो पानीमा कागतीको रस राखेर पिउने गर्नाले त्वचामा चमकता पैदा गर्न मद्दत गर्छ । ८. यसका साथै नियमित रुपमा स्वस्थ र मौसम अनुसारका ताजा फलफूलका साथै हरिया सागसब्जीको सेवन गर्नु जरुरी हुन्छ । साथै प्रशस्त निदाउनु स्वास्थ्य तथा सुन्दरताका लागि फइदाजनक हुन्छ ।

, , ,

0 comments

Write Down Your Responses