अब एकसातापछि सबै प्रकारका सिलिण्डरहरु साटफेर गर्ने व्यवस्था पुरा पढ्नुस

काठमाडौं ग्यास उद्योगीहरुले उपभोक्ता कहाँ रहेका सबै प्रकारका ग्याँस सिलिण्डर साटफेरको व्यवस्था गर्न लागेका छन् । गतवर्ष भएको भारतीय नाकाबन्दीका कारण ग्यास अभाव हुँदा विभिन्न कम्पनीका सिलिण्डर किने पनि अहिले साटफेर गर्न समस्या भएका उपभोक्ताका लागि यस्तो व्यवस्था गर्न लागिएको हो । नेपाल एलपि ग्यास उद्योग संघका अध्यक्ष शिव घिमीरेले उपभोक्ताकहाँ साट्न नपाएर थन्किएका सिलिण्डर साटफेरको व्यवस्था चाँडै गर्न लागिएको बताए । 
‘यसको लागि अहिले कार्ययोजना तयारीको क्रममा छौँ, एकसाता जति लाग्ला,’ घिमिरेले रातोपाटीसँग भने, ‘त्यसपछि हामी कार्यान्वयनको प्रकृयामा जान्छौँ ।यसको लागि सबै ग्याँस उद्योगीहरुसंग समन्वय भैरहेको उनले बताए । ग्याँसको अभावका समयमा विशेषगरी राजधानी र शहरी क्षेत्रका उपभोक्ताले देशका विभिन्न जिल्लाबाट सिलिण्डर मगाएर समस्या समाधान गरेका थिए । तर अहिले ति ग्याँस सिलिण्डर साटफेरको व्यवस्था नहुँदा समस्या भैरहेको छ । कतिपयले जिल्ला पठाएर साटफेर गरेका छन् भने कतिपय उपभोक्ता कहाँ सिलिण्डर त्यसै थन्किएको छ । ‘
यसका कारण एकातिर कम्पनीमा सिलिण्डर थोरै भएको छ, अर्कोतिर उपभोक्ता थप भारमा परेका छन्’ घिमिरेले भने ‘त्यही समस्या समाधानका लागि यस्तो तयारी गर्न लागिएको हो ।’ अहिले बजारमा अर्कोकम्पनीको सिलिण्डर साट्नका लागि उपत्यकामा उपलब्ध हुने ग्याँसको हकमा न्यूनतम तीनसय र बाहिर जिल्लाबाट ल्याएको हकमा १ हजार सम्म पनि लिने गरेका छन् । आफूकहाँ भएको सिलिण्डर साट्न १ हजार रुपैयाँ भनेपछि नसाटेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । तर एलपि ग्याँस उद्योग संघले गर्न लागेको व्यवस्था अनुसार सिलिण्डर साटफेर गर्दा अतिरीक्त रकम एक रुपैयाँ पनि नलाग्ने अध्यक्ष घिमिरेको भनाई छ ।

, ,

0 comments

Write Down Your Responses