व्यापारीहरुद्वारा तरकारी बजार अनुगमन गर्न पुगेको टोलीमाथि यसरी आक्रमण हेर्नुस भिडियो सहित
काठमाडौं राजधानीको बल्खुस्थित कृषि तथा फलफूल बजारमा अनुगमनका लागि पुगेको टोलीमाथि व्यवसायीद्वारा अवरोधको प्रयास भएको छ ।मंगलबार बिहान विषेश बजार अनुगमन अभियान अन्तर्गत त्यहाँ पुगेको आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्था तथा हित संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको संयुक्त बजार अनुगमन टोलीमाथि व्यवसायीहरुले अवरोध गरेका हुन् ।
सो क्रममा व्यवसायीहरुले टोलीमाथि अवरोध गर्दै ढुंगा तथा तरकारीले आक्रमण गरेपछि केहि बेर तनाव समेत उत्पन्न भएको थियो । व्यवसायीहरुले आफूहरुलाई कुनै जानकारी नै नदिई अनुगमनका लागि टोली आएको भन्दै ढुंगा प्रहार गरेका हुन् ।
तर पछि प्रहरीको सहयोगमा भएको अनुगमनका क्रममा व्यवसायीहरुले उपभोक्तलाई ढक तराजुमा ठग्ने गरेको पाइएको छ ।
मन्त्रालयका अनुसार त्यहाँ सञ्चालित ४ सय ढक तराजुमध्ये १ सय ओटा मात्रै मापदण्डअनुसारको पाइएको छ ।यसरी मापदण्ड विपरित ढक तराजु राखिएको पाइएपछि तराकारी बजार व्यवस्थापक मोहन बस्नेतले गल्ती भएको स्वीकार्दै अब विभागमा मापदण्डअनुसारको ढक तराजु राखिने बताए ।


0 comments
Write Down Your Responses