हेर्नुस भारतीय पक्षले निर्माण गरेको बाँध नेपालीले भत्काइदिए ! स्थिति यस्तो तनावपूर्ण

सप्तरी । भारतीय पक्षले सप्तरीको तिलाठी नजिक दुई देशको सीमा दशगजा मिचेर निर्माण गरेको बाँध नेपाली पक्षले भत्काइदिएका छन् । बाँध भत्काएपछि उक्त ठाउँमा भारतीय र नेपाली पक्षबीच झडप भएको छ । दुई पक्षबीचको झडपमा तिलाठी निवासी पूर्व जिविस सदस्य देवनारायण यादव र रोशनकुमार झालाई टाउकोमा चोट लागेर घाइते भएका छन् । सीमा क्षेत्रका वासिन्दाबीच ढुंगा हानाहान भएको छ । पाली जनताको विरोध र स्थानीय प्रशासनको आग्रह बेवास्ता गर्दै गत शनिबारदेखि भारतीय पक्षले बाँध निर्माण गरेको थियो । यसको विरोध गर्दै नेपालीले तत्काल बाँध भत्काउन भारतीय पक्षलाई आग्रह गरेको थियो ।
 सीमापारी कुनौलीका वासिन्दा दशगजा क्षेत्रमा बाँध बनाउने र त्यो बनाउन नदिने सीमावारी सप्तरी तिलाठीका स्थानीयबीच तनावपूर्ण स्थिति छ । तर नेपाली पक्षको आग्रहलाई वेवास्ता गर्दै भारतीय पक्षकले बाँध निर्माण कार्य जारी राखेको थियो । नेपालीहरुले बिहीबार बिहानैदेखि बाँध भत्काउन गए पनि भारतीय पक्षका बासिन्दा धेरैभएपछि त्यत्तिकै फर्केका थिए । अहिले नेपाली पक्षको संख्या धेरैभएपछि उक्त बाँधमा राखिएको बाँस, बालुवाको बोरा झिकेर फालिदएका छन् ।
 बोरा र बाँस फालेपछि भारतीय पक्ष र नेपाली पक्षबीच सामान्य झडप भएको थियो । घटनास्थलमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, नेपाली सेनाको श्रीकृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य, सप्तरीका प्रहरी प्रमुख एसपी भीमप्रासद ढकाल पुगेका छन् । उनीहरुले त्यहाँको वस्तुस्थितिबारे बुझिरहेका छन् । भारतीय पक्षपट्टि पनि सुरक्षा अधिकारीको उपस्थिति रहेको छ । भारतीय पक्षले बाँध बनाउँदा नेपाल तर्फको करिव एक दर्जन गाविस डुबानमा परेको छ । सप्तरी । सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा अहिले नेपाली स्थानीय युवा र भारतीय स्थानीयबीच झडप भइरहेको छ । घटनास्थलमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको उपस्थिति छ । भने भारतीय सुरक्षा प्रमुख तथा अधिकारीहरुको पनि उपस्थिति छ । बाढी रोक्न दशगजा क्षेत्रमा बिहीबार बिहानैदेखि भारतीयहरुले एकतर्फी रुपमा बनाउन लागेको बाँध स्थानीय नेपाली युवाहरुले भत्काएपछि झडपको स्थिति सिर्जना भएको हो । 
दुबै तर्फका युवाहरु बाँसको भाटा र लाठी लिएर एकअर्कामाथि जाइलागिरहेका छन् । दुबैतर्फका सुरक्षाकर्मीहरुले झडपलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि हजारौंको संख्यामा रहेका स्थानीयको झडप विथाेल्न सकिएको छैन, स्थिति तनावपूर्ण छ। सुरक्षा प्रमुख सहित नेपाली पक्ष दशगजा क्षेत्रमा पुगेपछि नेपाली युवाले भारतीयले दशगजा क्षेत्रमा बनाएका बाँधको ८० प्रतिशत भाग भत्काइदिएका छन् ।

, , ,

0 comments

Write Down Your Responses