यसरी दिन रात कट्दै छ बाढि पिडितको खुल्ला आकासमुनीको मस्त निद्रा हेर्नुस फोतोफिचर सहित
कपिलवस्तु , साउन १३,न्यूज अभियान । सरकार! बाढि पिडितको दिन सकस भए भएको छ ।
के खाने काहाँ सुत्ने चिन्ता बढेको छ उनीहरुलाई ।
कपिलवस्तुको कजरहवा गाविस वडा नं ९ मा बाणगगा नदिले बेपक्ता बनाएका श्रीमान शिव गुलाम कलवारको शोकमा उनकी गर्भवती श्रीमती आफ्नो २ वर्षका छोरा सहीत भावविहोल अवस्थामा छिन् ।
राती के हो के दिनमा सुतौ भन्दै पल्टिएको दृश्य तपाइले पनि देख्नु भयो । वाणगगा नदिले वस्तीनै डुवान बनाएपछि कपिलवस्तुको हर्दौना गाविसका वालवालिकाहरु दिनमा खुल्ला आकासमुनी मस्त निद्रामा ।
रातमा पानी परेपछि उनीहरु जाग्रम बस्ने गर्दछन् । यसै बिच
विगत एक हप्ता देखी आएको बाढि र डुवान वाट प्रभावित जनताकाको सहयोगको लागी नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ । जिल्लामा वाढिको कारण निधन भएका प्रति हार्दिक समवेदना प्रकट गर्दै मृतक परिवारजन प्रति धैर्य धारण गर्ने क्षमताको कामना गर्दै नेपाली कागे्रसले एक प्रेस विज्ञप्ती निकालेको छ , पार्टी सभापति एवं सांसद सुरेन्द्रराज आर्चायले निकालेको विज्ञप्तीमा वाढि वाट प्रभावित जिल्लाका सबै क्षेत्रका जनतलाई आफुले पार्टीवाट तथा सरकारवाट समेत राहतको माग गरि तत्काल वितरण गर्ने समेत जनाएका छन ।
यसै विषयलाई लिएर पार्टी कार्यवाहक सभापति अब्दुल कलाम खां को नेत्तृवमा जिल्लाको वाणगंगा नगरपालिकाको मोतिपुर, भृकटि नगरपालिकाको हरिहरपुर ,झुसयिा, वलरमवापुर गाविस महांराजगजं गाविस कजरहवा र हर्दौना गाविसको करेलिया गाउं सम्म पुगी डुवान र बाढि पिडितको अवलोकन गरेका छन ।
जनतालाई दुख पर्दा सान्त्वना दिन र राहतको लागि के कती गर्न सकिन्छ र क्षतीको अवस्था कस्तो छ सो बारेमा जानकारी लिन गाउं गाउं गएको नेपाली कागे्रसले जनाएको छ । टोलिमा कागे्रस कपिलवस्तु क्षेत्र नं १ का सभापति केशव कुमार श्रेष्ठ, महासमिति सदस्य एवं जिल्ला सदस्य हुमकान्त खनाल लगाएतको सहभागिता रहेको थियो ।


0 comments
Write Down Your Responses