तपाईहरु पनि एक पटक हेर्नुस नेपालकै पहिलो क्यान्टिलिभर पुल बन्यो हेर्नुस भिडियोमा यस्तो छ पुल

गोरखा जिल्लाको केरौंजा गाविस वडा नं. ९ यारु बगरमा नेपालकै पहिलो क्यान्टिलिभर पुल ढुङ्गामा खोपेर बनाईएको पुल बनाउने काम सम्पन्न भएको छ । नेपालमा नै पहिलो पटक सम्पन्न भएको १९५ मिटर लामो उक्त पुल चट्टानि ढुंगामा खोपेर बनाईएको छ । 
 यही बैशाख २ गतेबाट सुरु गरिएको सो पुल जेठ २८ गते निर्माण कार्य पूरा भएको हो । पुल ४ करोड ५० लाखको लगानीमा निर्माण भएको भुगर्वविद् भास्कर खतिवडाले बताउनुभयो । उक्त पुल निर्माण कार्यको लागि र सामर्थ नेपालको आर्थिक सहयोग स्विजरल्यान्डको प्राविधिक सहयोग, निर्माण व्यवस्थापन र बालाजु यन्त्रशालाबाट निर्माण सम्पन्न गरिएको हो । 
 साथै, जिविस गोरखा र जिल्ला प्राविधिक कार्यालय गोरखाको प्रत्यक्ष निगरानि र अनुगमनमा पुल निर्माण भएको हो । .

, ,

0 comments

Write Down Your Responses