जहाँ यस्तो अचम्मको चलन आफ्नै छोरीलाई यी पुरुषसँगको सम्बन्धबाट गराइन्छ पवित्र पुरा पढ्नुस

एजेन्सी । हाम्रो समाजमा छोरीलाई निर्वाध रुपमा बाहिर हिड्न पनी दिइदैन् तर, दक्षिण पूर्वी अफ्रिकाको मलावी देशमा भने छोरीचेलीबारे अनौठो परम्परा छ । यहाँ महिनावारी सुरु हुनेवित्तिकै युवती÷छोरीहरुलाई एक सेक्स वर्करसँग यौनसम्बन्ध राख्न लगाइन्छ । यी सेक्स वर्करलाई ‘हईना’ भनिन्छ । गाउँलेहरु यो परम्परालाई बलात्कार मान्दैनन् ।
 बरु छोरीहरु ‘शुद्ध’ हुने विश्वासका रुपमा लिइन्छ । बीबीसीका एड बटलरले तयार पारेको एक रिपोर्टमा यस्तो खुलासा भएको हो । रिपोर्टमा बटलरले यसलाई एक भ्रम भन्दै यसबाट उल्टै यौन रोग फैलने खतरा रहेको समेत औल्याएका छन् । मलावीको नसांजे भन्ने ठाउँका यी इरिक अनीवा पुरै गाउँमा ‘हईना’को नामले चिनिन्छन् । उनको एउटा खुट्टा खराब छ । यो एक पारम्पारिक पदवी जसलाई एक व्यक्तिलाई दिइन्छ । जसलाई ‘हईना’ भनिन्छ ।
 उसले गाउँका सबै युवतीसँग यौनसम्बन्ध राखेर ‘पवित्र’ पार्छन् । यिनको अर्काे विशेषता पनी छ । त्यो भनेको जब कुनै अधवैशे महिलाका श्रीमानको मृत्यु भयो भने तबसम्म उनले अन्तिम संस्कार गर्न पाउँदिनन् जबसम्म हईनासँग यौनसम्बन्ध राख्दिनन् । यस्तै गर्भपतन गराउने महिलाले पनी अनिवार्य रुपमा हईनासँग सम्बन्ध राख्नुपर्छ । यो चलन परापूर्व कालदेखि चल्दै आएको बीबीसीको रिपोर्टमा उल्लेख छ ।

, ,

0 comments

Write Down Your Responses